२०८३ असोज २५ गते आईतबार

बैंकका शाखा गाभ्दा कर्मचारी हटाउन नपाइने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
nrb_head

काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा समायोजन वा एकीकरण गर्दा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा गाभ्ने प्रक्रियामा कर्मचारीको रोजगारी सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको हो।

संशोधित व्यवस्थाअनुसार शाखा समायोजन वा एकीकरणका कारण कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन। त्यस्ता शाखामा कार्यरत कर्मचारीलाई नजिकको शाखामा वा कर्मचारीको प्राथमिकता र आपसी सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ।

राष्ट्र बैंकले शाखा समायोजनको निर्णय गर्दा कर्मचारी व्यवस्थापनसँगै ग्राहकको सेवा र सम्बन्धित क्षेत्रको वित्तीय पहुँचलाई पनि ध्यान दिनुपर्ने व्यवस्था गरेको छ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुअघि कम्तीमा ९० दिनको सूचना सार्वजनिक गर्नुपर्नेछ। यस्तो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र समायोजन हुन लागेको शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्नेछ। यसले ग्राहक तथा सरोकारवालालाई सेवा परिवर्तनबारे समयमै जानकारी पाउने अवसर दिनेछ।

शाखा समायोजनका कारण ग्राहकलाई असुविधा नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले शुल्कसम्बन्धी व्यवस्था पनि स्पष्ट पारेको छ। शाखा गाभिने अवस्थामा सम्बन्धित ग्राहकले कर्जा चुक्ता गर्न वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारको शुल्क नलिई त्यस्तो सुविधा उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, शाखा समायोजन गर्दा सम्बन्धित क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउनुपर्नेछ। विशेषगरी बैंकिङ सेवा सीमित भएका क्षेत्रमा शाखा गाभ्दा ग्राहकको सेवा प्राप्त गर्ने अवसर प्रभावित नहुने सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले शाखा समायोजन भएको तीन कार्यदिनभित्र आफ्नो रिपोर्टिङ पोर्टलमा विवरण अद्यावधिक गर्न पनि निर्देशन दिएको छ। साथै, तोकिएबमोजिमका विवरण बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्नेछ।

प्रकाशित: २०८३ असोज २३ गते शुक्रबार ०५:३१
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँः राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, केवाईसी विवरण अद्यावधिक र मोबाइल नम्बर परिवर्तनजस्ता सेवाका...

धितोको साटो सम्भावना हेरेर लगानी : महिला उद्यमशीलता प्रवद्र्धन गर्न एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ

काठमाडौं। महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ औपचारिक रूपमा सुरु गरेको...

निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२ प्रतिशत नगद लाभांश पारित

काठमाडौँः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले बैंकको...

विदेशी ऋणपत्रमा लगानी सीमा बढ्यो, बैंकसँग कति छ डलर?

नयाँ व्यवस्थाअनुसार ए–माइनस वा ए–थ्री स्तरको क्रेडिट रेटिङ प्राप्त गरेका मुलुकले जारी गरेका सरकारी ऋणपत्रमा बैंकहरूले एजेन्सी बैंकमा रहेको कुल विदेशी मुद्रा मौज्दातको ५० प्रतिशतसम्म लगानी...

एनएमबि बैंकले सेयरधनीलाई बाँड्ने भयो १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी लाभांश

काठमाडौँः एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले साधारण सेयरधनीलाई...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना