२०८३ कार्तिक १४ गते शुक्रबार

बाढीपहिरोले १ हजार २९२ मेगावाटका आयोजना प्रभावित, विभिन्न जिल्लामा विद्युत् सेवा अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १२
photo_61b7fc1e

काठमाडौँ: असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आइसकेका छन्। टावरमा क्षति पुगेका कारण अवरुद्ध भएका केही आयोजना भने तत्काल सञ्चालनमा आउन नसक्ने अवस्थामा छन्।

वर्षा रोकिएलगत्तै वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा अधिकांश स्थानमा विद्युत् सेवा सञ्चालन गरिएको छ। बाँकी क्षेत्रमा समेत लाइन सुचारु गर्न प्राविधिक टोलीहरू कार्यक्षेत्रमा खटिएका छन्।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धन गरिएको राहुघाट आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको छ।

कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुगेपछि सातवटा जलविद्युत् केन्द्रबाट विद्युत् प्रसारण हुन सकेको छैन। ती आयोजनाको कुल क्षमता १९० मेगावाट रहेको छ। राहुघाट सबस्टेसनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका आयोजनामध्ये नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको छ। प्रणालीबाट बाहिर रहेका कुल आठवटा विद्युत् आयोजनाको क्षमता २३० मेगावाट रहेको छ।

सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध भएका कुल २६२ मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन्। त्यस्तै, मर्स्याङ्दी करिडोरमा बाढीका कारण अवरुद्ध भएका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पनि सञ्चालनमा आएका छन्। बाढीका कारण अवरुद्ध कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको १४४ मेगावाट भने आज बेलुकासम्म सञ्चालनमा आउने बताइएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उक्त स्थानसहित अन्य क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न जाने बाटोसमेत विभिन्न स्थानमा अवरुद्ध भएकाले विस्तृत विवरण आउन बाँकी रहेको छ।

वर्षाका कारण म्याग्दी, बागलुङ र तनहुँको झापुटार सबस्टेसन क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो। त्यस्तै, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा समेत विद्युत् सेवा प्रभावित भएको थियो।

म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन र रुकुम पूर्वमा विद्युत् सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ भने मनाङमा भोलिसम्म सेवा सञ्चालनमा ल्याउने योजना छ।

नेपाल विद्युत् प्राधिकरणले सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ। माग–आपूर्ति सन्तुलनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना बनाइएको छ।

यसरी कुल १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। आन्तरिक उत्पादन र आयातसमेत गरी सुख्खायाममा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्ने अनुमान गरिएको छ। अघिल्लो वर्ष २०८२/८३ को सुख्खायाममा राष्ट्रिय विद्युत् मागको औसत उच्चतम स्तर २ हजार २९२ मेगावाट थियो।

सुख्खायामको योजनाअनुसार हाल सञ्चालनमा रहेको कुल जडित क्षमता ३ हजार ७३९.४० मेगावाट छ। मंसिर २०८३ सम्म थप ३२०.६० मेगावाट आयोजना आउने अनुमान गरिएको छ। यसपछि कुल जडित तथा आउन लागेका आयोजनाको क्षमता ४ हजार ६० मेगावाट पुग्नेछ। यसको ३० प्रतिशत अर्थात् १ हजार २१८ मेगावाट सुख्खायाममा उपलब्ध हुने अनुमान छ।

सुख्खायामका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६००.८० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार–उत्तर प्रदेशका लाइनबाट ३५० मेगावाट र जनवरीदेखि मे २०२७ सम्म आरटीसी द्विपक्षीय आयातमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४.८० मेगावाट आयात क्षमता योजना गरिएको छ। यसअनुसार सुख्खायाममा कुल उपलब्ध क्षमता २ हजार ३७२.७७ मेगावाट हुने अनुमान छ। अप्रिल र मे २०२७ मा हुने विद्युत् आयात भने माग–आपूर्तिको अवस्थालाई ध्यानमा राखेर निर्णय गरिनेछ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा ४३० मेगावाट प्रणालीबाट बाहिर

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३बी २२० केभी हबमा क्षति पुर्‍याउनुका साथै विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको छ।

यस क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीहरूको प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको अवस्था

प्राधिकरणको विवरणअनुसार कुश्मा–दाना क्षेत्रमा मात्रै विभिन्न आयोजनाको कुल ३५८.२ मेगावाट क्षमता प्रभावित भएको छ। निलगिरि–१ ३८ मेगावाट, निलगिरि–२ ७१ मेगावाट, मिस्त्री ४२ मेगावाट, घरखोला १४.८ मेगावाट, थापाखोला १३.६ मेगावाट, रिलेखोला ६ मेगावाट, घलेम्दी ५ मेगावाट, माथिल्लो राहुघाट ४८.५ मेगावाट, राहुघाट मंगले ३५.५ मेगावाट, ठुलोखोला २१.३ मेगावाट, माथिल्लो ठुलोखोला २२.५ मेगावाट र राहुघाट ४० मेगावाट छन्।

यीमध्ये निलगिरि–१, निलगिरि–२, मिस्त्री, थापाखोला, रिलेखोला, घलेम्दी, माथिल्लो राहुघाट, राहुघाट मंगले, ठुलोखोला, माथिल्लो ठुलोखोला र राहुघाटलाई सञ्चालन गर्न सकिने अवस्थामा राखिएको छ। घरखोला भने सञ्चालन गर्न नसकिने अवस्थामा छ। अधिकांश आयोजनामा कुश्मा–दाना २२० केभी टावरमा भएको क्षति मुख्य कारण रहेको छ भने राहुघाट क्षेत्रका आयोजनामा राघुघाट–माथिल्लो राहुघाट लाइनको समस्या देखिएको छ।

पोखरा क्षेत्रमा सुपर मादी ४४ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, मादमे खोला २९ मेगावाट, सिक्लेस १२ मेगावाट र नामार्जुन ११ मेगावाट गरी कुल १२१ मेगावाट क्षमता प्रभावित भएको छ। सुपर मादी, माथिल्लो मादी, सिक्लेस र नामार्जुन बाढीका कारण सञ्चालन गर्न नसकिने अवस्थामा छन् भने मादमे खोलामा आफ्नै कारणले समस्या देखिएको छ।

मर्स्याङ्दी करिडोरमा मध्य मर्स्याङ्दी ७० मेगावाट, माथिल्लो मर्स्याङ्दी ५० मेगावाट र मर्स्याङ्दी ६९ मेगावाट गरी कुल १८९ मेगावाट क्षमता प्रभावित भएको छ। यी तीनवटै आयोजना बाढीका कारण सञ्चालन गर्न नसकिने अवस्थामा छन्।

कालीगण्डकी करिडोरमा कालीगण्डकी ‘ए’ को १४४ मेगावाट क्षमता प्रभावित भएको छ।

त्रिशूली करिडोरमा रसुवागढी १११ मेगावाट, सान्जेन ७८ मेगावाट, माथिल्लो त्रिशूली–३ए ६० मेगावाट, एल सान्जेन ४२.५ मेगावाट, त्रिशूली २४ मेगावाट, नेपाल विद्युत् प्राधिकरण सोलार २५ मेगावाट, चिलिमे २२.१ मेगावाट, लाङटाङ २० मेगावाट, यू सान्जेन १४.८ मेगावाट, माथिल्लो मैलुङ १४.३ मेगावाट, देवीघाट १४.१ मेगावाट र मैलुङ खोला ५ मेगावाट गरी कुल ४३०.८ मेगावाट क्षमता समावेश छ।

समुन्द्रटार क्षेत्रमा तादी थाप्रेक ५ मेगावाट, माथिल्लो तादी ११ मेगावाट र तादी खोला ५ मेगावाट गरी कुल २१ मेगावाट क्षमता छ।

मोदी क्षेत्रमा मध्य मोदी १८ मेगावाट र तल्लो मोदी–१ १० मेगावाट गरी कुल २८ मेगावाट क्षमता प्रभावित भएको छ।

यसरी कुश्मा–दाना क्षेत्रको ३५८.२ मेगावाट, पोखरा क्षेत्रको १२१ मेगावाट, मर्स्याङ्दी करिडोरको १८९ मेगावाट, कालीगण्डकी करिडोरको १४४ मेगावाट, त्रिशूली करिडोरको ४३०.८ मेगावाट, समुन्द्रटार क्षेत्रको २१ मेगावाट र मोदी क्षेत्रको २८ मेगावाट गरी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको कुल क्षमता १ हजार २९२ मेगावाट रहेको छ।

पिक समयमा १३२ केभी लाइनबाट अस्थायी रूपमा विद्युत् आयात गर्ने योजनाअन्तर्गत सम्पतियाबाट ७०.८ मेगावाट, रामनगरबाट ३६.४ मेगावाट, रक्सौलबाट ८९.२ मेगावाट र टनकपुरबाट ५५ मेगावाट गरी कुल २५१.४ मेगावाट आयात क्षमता राखिएको छ।

बाढीबाट विद्युत् उत्पादन तथा प्रसारण संरचनामा ठूलो क्षति पुगे पनि प्राधिकरणले वर्षा रोकिएलगत्तै प्रभावित क्षेत्रमा लाइन सञ्चालन गर्ने, क्षतिग्रस्त प्रसारण संरचनाको निरीक्षण तथा मर्मत गर्ने र सुख्खायाममा माग–आपूर्ति सन्तुलन कायम गर्न आन्तरिक उत्पादनसँगै विभिन्न स्रोतबाट विद्युत् आयात गर्ने योजना अघि सारेको छ।

प्रकाशित: २०८३ असोज १२ गते सोमबार ०३:४९
प्रतिक्रिया

थप समाचार

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना