२०८३ कार्तिक ९ गते आईतबार

नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३०
banaeshor

काठमाण्डौँ: ‘स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको सम्मान र मौलिकता संरक्षण’ का लागि नयाँबानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सुरु भएको छ।

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस र बडा दशैं २०८३ को अवसरमा आयोजित मेला भोलिसम्म सञ्चालन हुनेछ। मौलिक भान्छाघरको आयोजनामा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सहकार्यमा भएको दुई दिने दशैं विशेष मौलिक मेला शुक्रबार र शनिबार सञ्चालन गरिने छ।

शुक्रबारको दशैं विशेष मौलिक मेलामा च्याङ्ग्रा, खसी, लोकल कुखुरा, मौसमी तरकारी तथा फलफूलहरू, मसला, कोदो, फापर, जौ, गहुँ तथा चामल तथा खाद्यान्न, ढाका तथा अल्लोको कपडाहरूलगायतका स्थानीय र मौलिक सामानको प्रदर्शनी गरिएको थियो। शनिबार पनि बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ। शुक्रबारको मेलामा खसी, च्याङ्ग्राको मासु, ताजा फलफूल तथा तरकारी, मसलाजन्य सामानमा उपभोक्ताको विशेष आकर्षण रहेको थियो।

शनिबारको मेलामा च्याङ्ग्रा, लोकल खसी, भेडा, लोकल कुखुरा सिङ्गै तथा मासु, सेलरोटी, मासु चिउरा, पक्कु, खिर–बाबर तथा सातै प्रदेशका रैथाने स्वाद (घर प्रयोजनका लागि प्याकेजिङसहित) किसानको कोसेली र किसानको पोकाका प्याकेजहरू, जुम्ली सिमी, भिर मौरीको मह, सिजनल तरकारी र फलफूल, तोरीको तेल, सखर, लप्सी, जुम्लाको स्याउ, ढाका तथा अल्लोको कपडालगायत सामान खरिद गर्न सकिने छ।

प्रकाशित: २०८३ असोज ३० गते शुक्रबार ०९:२६
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
roshan_rakhal
ब्लग

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।
swarnim
समाज

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना