नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले चितवन राइनोजलाई पहिले ब्याटिङको निम्तो दिएको हो।
विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको छ भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले गरिरहेका छन्।
एनपीएलअन्तर्गत आज दुई खेल हुँदैछन्।


