२०८३ कार्तिक १३ गते बिहिबार

पाँचौंपटक थपिएको म्याद सकिन लाग्दा पनि हुलाकी सडकको काम सुस्त

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २२
hulaki sadak rajmarga
बर्दियाको गुलरिया इन्द्रपुरस्थित हुलाकी सडकमा चार दिनदेखि अविरल वर्षापछि भरिएको पानी। तस्बिर : सरोज कामत/रासस

कञ्चनपुर – कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौंपटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन।

३० महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे ६ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भएको थियो।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनीयर दीपक सुनारले पाँचौंपटक थप भएको म्याद यही असार मसान्तमा सकिने बताए। उनका अनुसार ३ वटा प्याकेजमा निर्माण गर्न दिइएको सडकको पहिलो प्याकेज ९डोके बजारदेखि बेलौरीसम्म० २० किलोमिटर सडक भने सम्पन्न भएको छ।

उनले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए दोस्रो र तेस्रो प्याकेजको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए। ‘यसअघि माथिबाटै संशोधन भएर आएपछि १ वर्ष म्याद थपिएको हो,’ इन्जिनीयर सुनारले भने, ‘तर यसपटक कारबाहीकै प्रक्रियामा जाने सम्भावना छ।’

पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौंपटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको हो।

बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे ९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ। उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ। सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्रे गर्न दिइएको छैन।

कैलालीको भजनी नगरपालिका– ३ र ८ स्थित हुलाकी सडकमा बाढीले घर डुवानमा परेपछि त्रीपालमा बस्दै एक परिवार। भजनीबासीका लागि वर्षातको समयमा हुने डुवानबाट बच्ने एकमात्र माध्यम हुलाकी सडक बनेको छ। तस्वीरः झलनाथ खनाल/रासस

हुलाकी सडकको अन्तिम प्याकेज ९बेल्डाडी–दैजी० २२ किलोमिटरमध्ये साढे ९ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनीयर सुनारले जानकारी दिए। ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ,’ सुनारले भने, ‘ठेक्का सम्झौता भएयता ३८ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ।’

निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरेको बेवास्ताका कारण ढिलाइ भएको हो। निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन। यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए।

‘हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएरभन्दा हामी पनि ठेकेदारलाई ताकेता गर्छौं तर काम गर्दैन,’ रानाले भने, ‘सडक बनाउन सामग्री यहाँ थुपारेको भए पनि निर्माणमा भने चासो नदिएको अवस्था छ।’ उनले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले १ हजार २०० मिटर सडक बनाउन रोकेको बताए।

‘भारतीय पक्षले अवरोध गरेको सडक हेर्न नेतादेखि मन्त्रीसम्म आए तर पहल भएन,’ उनले भने, ‘यसका लागि कूटनीतिक पहल आवश्यक छ।’ उनले सो क्षेत्रमा भारतले पछिल्लो समय बिजुलीका पोल समेत गाड्न नदिएको बताए।

प्रकाशित: २०८० असार २२ गते शुक्रबार ११:४४
प्रतिक्रिया

थप समाचार

वैशाख ३१ सम्म रातको समयमा दाउन्नेमा सडक बन्द

मध्यबिन्दु- नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ। यसअघि यही वैशाख १५ गतेसम्म राति ११ः०० बजेदेखि...

सडक बनेको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा

मनाङ- हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ। ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन भएको हो। प्रतिनिधिसभा सदस्य...

३३ हजार वर्गमिटर सडकमा ढुंगा बिछ्याउँदै काठमाडौँ महानगर

यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ।

फाटफुट वर्षामै पानी जम्ने काठमाडौँका सडक [फोटो फिचर]

काठमाडौँ- हिउँद सकिएपछि प्रिमनसुन मौसम प्रणाली सुरु भएसँगै काठमाडौँमा वर्षा भएको छ। अघिल्लो हप्तादेखि सुरु भएको प्रिमनसुनका कारण आइतवार काठमाडौँमा वर्षा भएको हो। प्रि–मनसुनको अवधि मार्च,...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना