काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले अनलाइनबाट नै प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी अर्थात् पुलिस रिपोर्ट)का सम्पूर्ण प्रक्रिया पूरा गर्ने सेवाको सुरु गरेका छन्। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा उनले अनलाइन पीपीसी सेवा सुरु गरेका हुन्।
यसअघि मन्त्री साउदले विभागलाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सोहीअनुसार विभागले व्यवस्था मिलाएको हो।
पीपीसी सेवा म्यानुअल हुँदा सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता थियो। यसले राहदानी विभागमा सेवाग्राहीको भिड बढाउने गरेको थियो।
