काठमाडौं- सलमान खान, कटरिना कैफ र इमरान हाशमी स्टारर फिल्म ‘टाइगर ३’ शाहरुख खानको फिल्म ‘जवान’लाई पछि पार्दै ओटीटीमा सबैभन्दा लोकप्रिय फिल्म बनेको छ। यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ।
मनीष शर्माले निर्देशनको गरेको ‘टाइगर ३’ले शाहरुख खानको ‘जवान’लाई पछि पारेको ओटीटी प्ले डटकमले जनाएको छ। ओटीटीमा लोकप्रिय शीर्ष तीन फिल्ममा विक्रान्त मैसीको फिल्म ‘टुभेल्थ फेल’ले पनि स्थान बनाएको छ। ‘टुभेल्थ फेल’यो सूचीको दोस्रो स्थानमा रहँदा एटली कुमारले निर्देशन गरेको ‘जवान’ तेस्रो स्थानमा छ।


