काठमाडौं- ऋतिक रोशन, दीपिका पादुकोण स्टारर एरियल एक्सन ड्रामा फिल्म ‘फाइटर’ यो वर्षको सबैभन्दा प्रतिक्षित बलिउड फिल्म हो। सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवर र अक्षय ओवरोयको पनि मुख्य भूमिका छ। यो फिल्मको ट्रेलर सोमबार रिलिज भएको छ।
तीन मिनेट भन्दा लामो ट्रेलर हाई अक्टेन एक्सन दृश्यले भरिएको छ। फिल्ममा ऋतिक र दीपिका भारतीय वायु सेनाका पाइटल हुन्छन्। ट्रेलरमा ऋतिक र दीपिकाको अद्भुत कमेस्ट्रीको झलक पनि देखाइएको छ। यो फिल्ममा तीन गीत ‘हिर आसमानी’, ‘इश्क जैसा कुछ’ र ‘शेर खुल गए’ यसअघि नै रिलिज भइसकेको छ।
यो फिल्म सिद्धार्थ र रमेन चिबले लेखेका हुन्। ‘फाइटर’ हवाई एक्शन फ्रेन्चाइजीको पहिलो फिल्म हो। यो फिल्म भारतको गणतन्त्र दिवसको अवसरमा २५ जनवरीमा रिलिज हुँदैछ।
हेर्नुहोस् ट्रेलर


