काठमाडौं- ‘सलार पार्ट १-सिजफायर’ को सफलतापछि प्रभासले आफ्नो आगामी फिल्म ‘द राजा साब’को घोणा गरेका छन्। यो फिल्म पिपल मिडिया फ्याक्ट्रीको ब्यानरमा बनेको हो। यो फिल्मलाई बहुचर्चित निर्देशक मारुतीले निर्देशन गर्नेछन्। यो एक रोमान्टिक हरर एन्टरटेनर फिल्म हो।
‘द राजा साब’ फिल्म तामिल, कन्नड, मलयालम, तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ। टिजी विश्व प्रसाद र ववेक कुचिबोटलाले निर्माण गर्ने फिल्म निकै मनोरञ्जक हुने अपेक्षा गरिएको छ। फिल्मको फस्ट लुकमा प्रभास निकै फरक देखिएका छन्।
फिल्ममा नेश्नल अवार्ड विजेता थमन एसले संगीत दिनेछन्। निर्देशक मारुतीले यसअघि ‘प्रती रोजु पंडागे’, ‘प्रेम कथा चित्रम’, ‘महानुभावुदु’ जस्ता सुपरहिट फिल्म बनाइसकेका छन्। उनी अहिले ‘द राजा साब’लाई लिएर निकै उत्साही देखिन्छन्।
उनले भनेका छन्, ‘द राजा साब मेरो अहिलेसम्मको सबैभन्दा महत्वकांक्षी प्रोजेक्ट मध्येको एक हो। प्रभास र पिपल मिडिया फ्याक्ट्रीको साथ सहकार्य गर्नु मेरा लागि सम्मानको कुरा हो। हामी दर्शकलाई एक शानदार हरर अनुभव दिनका लागि तयार छौं। प्रभास फिल्ममा हुने कुरा खास हो। किनकी हाम्रो डरलाग्दो कथाका लागि उनको रोमाञ्चक उपस्थितीले दर्शकलाई आश्चर्यचकित बनाउनेछ।’ यो फिल्म निर्देशक मारुतीले नै लेखेका हुन्।


