काठमाडौं- पछिल्ला केही वर्ष यता दक्षिण भारतीय फिल्म उद्योगले आफ्नो बजेमा लगातार बृद्धि गरिरहेको छ। हरेक वर्ष यस्तो एउटा फिल्म आउँछ, जसको बजेट अर्को फिल्मको भन्दा धेरै हुन्छ। तर, ठूला बजेटका सबै फिल्म हिट भने हुँदैनन्। केही फिल्म मात्रै बक्स अफिसमा सफल हुन्छन्।
केही यस्ता फिल्म पनि छन्, जो सानो बजेटमा बन्छन्। ती फिल्म दर्शकले औधी मन पराउँछन्। त्यस्ता फिल्मले बक्स अफिसमा धूम मच्चाउँछन्। यसको पछिल्लो उदाहरण हो बक्स अफिसमा कमाल गरिररहेको फिल्म ‘हनुमान’। यो फिल्मलाई प्रशान्त वर्माले निर्देशन गरेका हुन्। २५ देखि ३० करोडको बजेटमा बनाइएको यो फिल्मले बक्स अफिसमा दोब्बर भन्दा धेरै कमाइ गरिसकेको छ।
यी हुन् सानो बजेटमा बनेर बक्स अफिसमा कमाल गरेका ७ दक्षिण भारतीय फिल्मः
१. २०१८ः एभ्रिवन इज अ हिरो (२०२०३)
लेखक/निर्देशकः जूड एन्थोनी जोसेफ
रन टाइमः २ घण्टा ३४ मिनेट
आईएमडीबी रेटिङः ८.४/१०
कलाकारः टोविनो थोमस, असिफ अली, कुन्चको बोमन, अर्पणा बालमुरली, विनित श्रीनिवासन
शैलीः थ्रिलर/ड्रामा
कहाँ हेर्नेः सोनी लिभमा
सन् २०१८ मा केरलमा आएको भयानाक बाढीमा आधारित फिल्म ‘२०१८ः एभ्रिवन इज अ हिरो’ मा केरलका मानिसहरुले देखाएको धर्य र इच्चाशक्ति दर्शाइएको छ। करिब २६ करोडमा बनेको फिल्मले १७७ करोड कमाएको थियो। यो अहिलेसम्मकै सबैभन्दा सफल मलयालम फिल्म हो।
२. लभ टुडे (२०२२)
लेखक/निर्देशकः प्रदीप रंगनाथन
रनटाइमः २ घण्टा ३४ मिनेट
आईएमडीबी रेटिङः ८/१०
कलाकारः प्रदीप रंगनाथन, इवाना, रवीना रवी
शैलीः रोमान्स/कमेडी
कहाँ हेर्नेः नेटफ्लिक्समा
यो एक रोमान्टिक कमेडी फिल्म हो। युवा लक्षित फल्म ‘लभ टुडे’ले बक्स अफिसमा सबैलाई आश्चर्य चकित बनाइदिएको थियो। केवल ५/६ करोडको बजेटमा बनेको फिल्मले बक्स अफिसमा ५७ करोड भन्दा बढी कमाएको थियो। निर्देशक प्रदीपले फिल्मको गुणस्तरमा कुनै सम्झौता गरेका थिएनन्।
३. कान्तारा (२०२२)
लेखक/निर्देशकः ऋषभ शेट्टी
रनटाइम: २ घण्टा ३० मिनेट
आईएमडीबी रेटिङ: ८.२/१०
कलाकार: ऋषभ शेट्टी, सप्तमी गौडा, किशोर
शैली: एक्शन/थ्रिलर
कहाँ हेर्नेः प्राइम/नेटफ्लिक्समा
‘कान्तारा’ एक यस्तो फिल्म हो, जसले धेरै कोणबाट दर्शकलाई आश्चर्यमा पार्छ। यो फिल्म केवल १६ करोडमा बनेको थियो। ऋषभ शेट्टी सिमित बजेटमा यस्तो फिल्म कसरी बनाए? फिल्मको लाइटिङ देखि लिएर कलरसम्मको काम उत्कृष्ट देखिन्छ। बजेटका कारणले मात्रै फिल्म राम्रो बन्न सक्दैन भन्ने उदाहरण हो-‘कान्तारा’। फिल्म जुनून र योजनाले सफल हुन्छ भन्ने उदाहरण पनि हो यो। ऋषभले आफ्नो जुनून र कडा मेहनतका साथ बनाएको यो फिल्मले ३९८ करोड कमाएको थियो। यो ‘केजिएफ २’पछिको सबैभन्दा ठूलो कन्नड फिल्म हो।
४. कार्तिकेय २ (२०२२)
लेखक/निर्देशकः चन्दू मोन्डेती
रनटाइम: २ घण्टा ३० मिनेट
आईएमडीबी रेटिङ: ७.९/१०
कलाकार: निखिल सिद्धार्थ, अनुपमा परमेश्वरन, अनुपम खेर
शैली: रहस्य/एक्सन
कहाँ हेर्नेः जी ५
‘कार्तिकेय’को दोस्रो भाग ‘कार्तिकेय २’ले बक्स अफिसमा धुम मच्चाएको थियो। यो फिल्म भगवान कृष्णबाट प्रभावित थियो। १५ करोडमा बनेको यो फिल्मले भारतभरमा ८६.७५ करोड र विश्वभरमा १ करोड भन्दा बढीको कलेक्सन गरेको थियो।
५. ७७७ चार्ली (२०२२)
लेखक/निर्देशकः किरणराज के
रनटाइम: २ घण्टा ४४ मिनेट
आईएमडीबी रेटिङ: ८.८/१०
कलाकार: रक्षित शेट्टी, संगीता श्रृंगेरी, राजबी शेट्टी
शैली: एडभेन्चर/कमेडी
कहाँ हेर्नेः जियो सिनेमामा
माया, धोका र दुःखको कथा रहेको फिल्म ‘७७७ चार्ली’ भारतीय सिनेमामा अहिलेसम्म बनेका यादगार फिल्म मध्येको एक हो। यो फिल्म २० करोडको बजेटमा बनेको थियो। यो फिल्मले बक्स अफिसमा ७१ करोडको कलेक्सन गर्यो।
६. किरिक पार्टी (२०१६)
लेखकः रक्षित शेट्टी र द सेवन आड्स
निर्देशकः ऋषभ शेट्टी
रनटाइमः २ घण्टा ३९ मिनेट
आईएमडीबी रेटिङ: ८.३/१०
कलाकार: रक्षित शेट्टी, रश्मिका मन्दाना, संयुक्ता हेगडे
शैली: कमेडी/रोमान्स
कहाँ हेर्नेः जियो सिनेमामा
यो फिल्मले रश्मिका मन्दानाको करियरलाई उचाईमा पुर्यायो। यो फिल्म केवल ४ करोडको बजेटमा बनेको थियो। फिल्मले बक्स अफिसमा ५० करोड भन्दा बढीको कमाइ गरेको थियो। यो फिल्म ऋषभ शेट्टीले निर्देशन गरेको पहिलो फिल्म हो।
७. रंगीतरंगा (२०१५)
लेखक/निर्देशकः अनुप भण्डारी
रनटाइम: २ घण्टा २९ मिनेट
आईएमडीबी रेटिङ: ८.२/१०
कलाकार: निरूप भण्डारी, राधिका नारायण, साई कुमार
शैली: मिस्ट्री/थ्रिलर
कहाँ हेर्नेः एमएक्स प्लेयर
‘रंगीतरंगा’ अनुप भण्डारीको निर्देशनमा बनेको पहिलो फिल्म हो। यो फिल्म १.५ करोड बनेको थियो। फिल्मले बक्स अफिसमा ४३ करोडको कलेक्सन गरेको थियो। यो कन्नडको फिल्म उद्योगको क्लासिक फिल्म बनेको थियो।
-पिंकभिल्ला डकटमबाट


