काठमाडौं- रश्मिका मन्दनाको पछिल्लो फिल्म हो-एनिमल। सन्दीप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा उनीसँगै रणवीर कपूर, अनिल कपूर र बबी देओलको मुख्य भूमिका थियो।
रश्मिकाको आगमी फिल्म हो-पुष्पा २। यो फिल्ममा ब्लकबस्टर फिल्म ‘पुष्पा’को सिक्वेल हो। ‘पुष्पा’मा उनी अल्लू अर्जुनसँग देखिएकी थिइन्। अल्लू अर्जुन र रश्मिकाको जोडी अब ‘पुष्पा २’मा देखिनेछ। उनले ‘पुष्पा २’ निकै ठूलो फिल्म भएको बताएकी छन्। ‘पुष्पा २ निकै ठूलो फिल्म हो। पुष्पा पागलपनले भरिएको फिल्म थियो। त्यो भन्दा पनि धेरै पागलपन दोस्रो भागमा देख्न पाइनेछ,’ उनले भनेकी छन्।
उनले हालै ‘पुष्पा २’को गीतको सुटिङ सकेकी छन्। ‘यो गीत निकै मझेदार छ। अनि आश्चर्यजनक पनि,’ उनले भनेकी छन्, ‘मेरो भूमिका पुष्पामा भन्दा पुष्पा २ मा राम्रो छ। म निकै उत्साही छु।’ उनी ‘पुष्पा २ः द रूल’ पछि ‘द गर्लफ्रेन्ड’मा पनि देखिनेछिन्। यस्तै धनुष र नागर्जुन अभिनित फिल्म ‘डी ५१’मा पनि उनको मुख्य भूमिका रहनेछ।


