काठमाडौं- अक्षयकुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मिया छोटे मिया’ २०२४ को सबैभन्दा प्रतीक्षित फिल्म हो। यो फिल्मको घोषणा भएदेखि नै दर्शकहरु उत्साहित छन्। अली अब्बास जफरले निर्देशन गरेको फिल्म २०२४ को मध्यसम्ममा रिलिज हुनेछ। निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर रिलिज गरेको छ। फिल्मको पहिलो टिजर २४ जनवरीमा रिलिज हुनेछ।
बलिउड हंगामाका अनुसार यो फिल्ममा ओस्कार विजेता भिएफएक्स कम्पनी डीएनईजीले काम गरिरहेको छ। ‘फिल्मका अधिकांश एक्सन वास्तविक हुन्। केही हिस्सामा भने भिएफएक्सको उपयोग गरिएको छ। ओस्कार विजेता कम्पनी डीएनईजीले भिएफएक्सको काम गरिरहेको छ,’ बलिउड हंगामाले लेखेको छ।
‘बडे मिया छोटे मिया’ एक यस्तो एक्सन इन्टरटेनर फिल्म हो, जो यसअघि रिलिज भएका फिल्म भन्दा बिल्कुल फरक रहेको निर्माण पक्षको दाबी छ। फिल्ममा मानुषी, अलाया एफ र सोनाक्षी सिन्हाको पनि प्रमुख भूमिका छ। साउथका सुपरस्टार पृथ्वीराज सुकुमारनले खलनायकको भूमिका निभाएका छन्।


