काठमाडौं- आमिर खानको फिल्म ‘सितारे जमीन पर’को फेब्रुअरीबाट सुटिङ सुरु हुने भएको छ। यो फिल्म आमिरले आरएस प्रसन्नासँग मिलेर निर्माण गर्न लागेका हुन्। यो फिल्मको मुख्य भूमिका लागि जेनेलिया डेसुजा (देशमुख)लाई कास्ट गरिएको छ।
यस्तै आमिरको अर्को फिल्म ‘लाहौरः १९४७’ फिल्म पनि फेब्रुअरीबाटै फ्लोरमा जाने भएको छ। राजकुमार सन्तोषीले निर्देशन गर्ने फिल्ममा शनी देओलको मुख्य भूमिका रहनेछ।
बलिउड समचार साइट पिंकभिल्लाका अनुसार आमिरले फेब्रुअरी २ बाट सुटिङ सुरु गर्नेछन्। यस्तै ‘लाहौरः १९४७’ फेब्रुअरी १२ बाट फ्लोरमा जानेछ। ‘लाहौरः १९४७’ मा आमिर अतिथि भूमिकामा देखिने बताइएको छ।


