२०८३ कार्तिक १३ गते बिहिबार

यो वर्ष अजयका ५ फिल्म रिलिज हुँदै, ५० दिनमै ३ फिल्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ८
ajaya_devgan

काठमाडाै‌ं- अजय देवगनको फिल्म ‘मैदान’ बनेर लामो समय देखि थन्किएको थियो। यसको रिलिज डेट घोषणा गरिएको थिएन। समर्थक, मिडिया जब आश्चर्यमा परे, तब यसको रिलिज डेट घोषणा गरियो। यो फिल्म यही वर्षको इदमा रिलिज हुनेछ।

सन् २०२३ मा अजयको एक मात्रै फिल्म रिलिज भएको थियो- ‘भोला’। तर यो वर्ष भने अजयका ५ वटा फिल्म रिलिज हुनेछन्। ती सबै फिल्ममा अजयको मुख्य भूमिका रहनेछ।

यो वर्ष रिलिज हुने अजयको पहिलो फिल्म हो- ‘शैताल’। यो फिल्ममा अजयसँगै ज्योतिखा र आर माधवन देखिनेछन्। विकास बहलले निर्देशन गरेको फिल्म ८ मार्चमा रिलिज हुनेछ।

अजयको स्पोर्ट्स ड्रामा फिल्म ‘मैदान’ इदमा अप्रिलमा रिलिज हुनेछ। यो फिल्मलाई रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन्। यो फिल्मलाई बोनी कपूर, आकाश चवला, अरुणव जोय सेन गुप्ता र जी स्टुडियोले निर्माण गरेका हुन। यो फिल्म १९५२ देखि १९६२ सम्मको भारतीय फुटबलको स्वर्ण युगमा आधारित छ। फिल्ममा अजयले कुशल भारतीय प्रशिक्षक सैयद अब्दुल रहिमको भूमिका निभाएका छन्। यो फिल्ममा ए आर रहमानले संगीत दिएका छन्।

‘मैदान’ रिलिज भएको दुई साता पछि (अप्रील २६मा) अजयको फिल्म ‘औरों में कहाँ दम था’ रिलिज हुनेछ। यो फिल्मलाई नीरज पाण्डेले निर्देशन गरेका हुन्। यो एक रोमान्टिक थ्रीलर फिल्म हो। यो फिल्ममा जिमी शेरगिल र सई  मान्जरेकरको पनि भूमिका रहनेछ।

८ मार्च देखि अप्रिल २६ बीचको ५० दिनमा अजयका तीन फिल्म रिलिज हुनेछन्। यस्तै भारतीय स्वतन्त्रता दिवसको अवसरमा अजयको ‘सिंगम अगेन’मा देखिनेछन्। रोहित शेट्टीले निर्देशन गरेको एक्सन एन्टरटेनरमा अजयसँगै अक्षय कुमार, रणवीर सिंह, दीपिका पादुकोण, करिना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूर पनि देखिनेछन्।

२०२४ मा रिलिज हुने अजयको अन्तिम फिल्म हो- ‘रेड २’। यो फिल्म जनवरीको सुरुवात देखि फ्लोरमा गएको छ। फिल्मको रिलिज डेट १५ नोभेम्वरलाई तोकिएको छ। फिल्ममा अजयसँगै वाणी कपूरको मुख्य भूमिका छ। यस्तै रितेश देशमुखले खलनायकको भूमिका निभाउनेछन्। फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन्।

एक वर्षमा एक शिर्ष अभिनेताका ५ फिल्म रिलिज हुनु निकै दर्लभ हो। खासगरी आजको समयमा। यद्यपी यसअघि पनि अजयका एकै वर्षमा ५ फिल्म रिलिज भएका थिए। सन् १९९३ मा अजयका ८ फिल्म रिलिज भएका थिए। त्यो वर्ष  ‘दिव्यशक्ति’, ‘प्लेटफार्म’, ‘संग्राम’, ‘शक्तिमान’, ‘दिल है बेतन’, ‘एक ही रास्ता’, ‘बेदर्दी और धनवान’ रलिज भएका थिए। सन् २००५ मा उनका ८ फिल्म रिलिज भएका थिए। त्यो वर्ष ‘इंसान’, ‘ब्लयाकमेल’, ‘जमीर- द फायर विदइन’, ‘टैंगो चार्ली’, ‘काल’, ‘मैं ऐसा ही हूँ’, ‘अपहरण’ र ‘शिखर’ रलिज भएका थिए। यस्तै सन् २००३ मा अजयका ७ वटा फिल्म रिलिज भएक थिए। त्यो वर्ष उनका फिल्म  ‘भूत’, ‘कयामत’, ‘चोरी चोरी’, ‘गंगाजल’, ‘परवाना’, ‘जमीन’ र ‘एलओसी कारगिल’ रलिज भएका थिए।

सन् २०१० मा अजयका ६ वटा फिल्म  ‘अतिथि तुम कब जाओगे’, ‘राजनीति’, वन्स अपन अ टाइम इन मुम्बई’, ‘आक्रोश’, ‘गोलमाल ३’ र ‘टूनपुर का सुपरहीरो’। सन् २०१० उनका लागि महत्वपूर्ण वर्ष थियो। किनकी ‘राजनीति’ र ‘वन्स अपन अ टाइम इन मुम्बई’ हिट भएका थिए।

प्रकाशित: २०८० माघ ८ गते सोमबार ०३:४७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना