काठमाडाैं- ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपूर स्टारर फिल्म ‘फाइटर’ले पहिलो दिनमा २४ करोड कमाएको छ। भारतीय फिल्मका व्यापार विश्लेषक तरन आदर्शका अनुसार फिल्मले पहिलो दिनमा भारतभरमा नेट २४.६० करोड कलेक्सन गरेको हो।
फिल्म बिहीबार रिलिज भएको थियो। बिहीबार छुट्टी नभएका कारण फिल्मले औसत व्यापार गरेको छ। तर, आज भारतमा गणतन्त्र दिवसको छुट्टी छ। शनिवार र आइतबार साप्ताहिक विदा भएका कारण फिल्मको व्यापारमा उछाल आउने बताइएको छ। फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्।


