२०८३ कार्तिक १३ गते बिहिबार

सुप्रिम मल्ललाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १२
suprim

गण्डकी-  कास्कीस्थित सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ।

कम उमेरमा नै गीतसङ्गीतको क्षेत्रमा सफलता पाएका उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मिएका उनी हाल काठमाडौँको महर्षी स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्। सुप्रिमलाई यही माघ २७ गते पोखरामा एक समारोहका बीच पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए।

आफ्नो प्रतिभामार्फत देशको इज्जत र प्रतिष्ठा कायम गर्न सफल बालप्रतिभालाई केन्द्रले पुरस्कृत गर्दै आएको उनको भनाइ थियो।

पुरस्कृत हुन लागेका बालकलाकार सुप्रिमका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म एक सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन्। उनी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप भएका थिए।

१२ वर्षीय सुप्रिम यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समितिका संयोजक सरस्वती प्रतिक्षाले बताए।

यसअघि उक्त पुरस्कारबाट विसं २०५७ मा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, विसं २०५८ मा नृत्यमा ज्योति थापा, विसं २०६० मा गायनतर्फ ऋतु लामा, कलामा विसं २०६१ म शिखा कटुवाल, विसं २०६२ मा कला क्षेत्रमा करुणा गुरुङ, विसं २०६४ मा खेलकुदतर्फ सिपोरा गुरुङ, विसं २०६५ मा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र विसं २०६९ मा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई प्रदान गरिएको थियो।

विसं २०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’का नाममा वितरण गर्न लागिएको केन्द्रले जनाएको छ।

साहित्यकार एवं सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा रु ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेका हुन्।

पुरस्कार कोष सञ्चालन, प्रतिभा पहिचान, पुरस्कार वितरणलगायतका काम केन्द्रमार्फत सञ्चालन हुँदै आएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए।

यसअघि रहेको ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’लाई गत वर्ष ‘सरुभक्त केन्द्र’का रुपमा नाम परिमार्जनसहित विधिवत् दर्ता गरी संस्था घोषणा गरिएको उल्लेख गरे।

प्रकाशित: २०८० माघ १२ गते शुक्रबार ०७:०५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना