काठमाडाैं- शिवाको निर्देशनमा बनेको फिल्म ‘कंगुवा’ सन् २०२४ को प्रतीक्षित फिल्म मध्येको एक हो। सूर्या अभिनित एक्शन ड्रामा फिल्मले बक्स अफिसमा सफल हुने अनुमान गरिएको छ। हालै निर्माण पक्षले सूर्याको लुक सार्वजनिक गरेको थियो। पोस्टरमा जय भीम अभिनेतालाई अलग-अलगरुपमा देखाइएको थियो।
शनिबार निर्माणपक्षले अभिनेता बबी देओलको ५५औं जन्मदिनका अवसर पारेर फिल्ममा उनको लुक सार्वजनिक गरेको छ। फिल्ममा बबीको नाम उधीरन रहेको बताइएको छ। निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै क्याप्सन लेखेको छ, ‘निर्दयी, शक्तिशाली। अविस्मरणीय। हाम्रो उदिरन। बबी देओल सरलाई जन्मदिनको शुभकामना!’
‘कंगुवा’ सूर्या र शिवाले एकसाथ काम गरेको पहिलो फिल्म हो। यो फिल्ममा सूर्या, बबीसँगै दिशा पटानी, जगपति बाबू, योगी बाबू, रेडिन किंग्सले, केएस रविकुमार लगायतको भूमिका छ।
फिल्मलाई यूभी क्रिएशन्सको सहयोगमा स्टूडियो ग्रीनले निर्माण षरेको हो। फिल्ममा नेश्वनल अवार्ड विजेता देवी श्री प्रसादले संगीत दिएका छन्। यो फिल्माम तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी भाषामा रिलिज हुनेछ।
Ruthless. Powerful. Unforgettable🗡️#Udhiran, #BobbyDeol ✨ #Kanguva 🦅 #HBDBobbyDeol @thedeol@Suriya_offl @DishPatani @directorsiva @ThisIsDSP @GnanavelrajaKe @StudioGreen2 @UV_Creations @KvnProductions @PenMovies @NehaGnanavel @saregamasouth pic.twitter.com/rCm54y19n9
— Bobby Deol (@thedeol) January 27, 2024


