२०८३ कार्तिक १३ गते बिहिबार

अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
film_making

काठमाडौं- मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ। पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला सहभागी रहेका थिए।

‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो। १४ दिने कार्यशालामा ८ जना प्रशिक्षकको मार्गनिर्देशनमा सहभागीहरुले ४ वटा वृत्तचित्र निर्माण गरेका थिए। पहिलो दिन कथा परिकल्पनाबाट सुरु भएको कार्यशालामा सहभागीहरुले पात्र छनोट, पटकथा लेखन, छायांकन तथा सम्पादनका बारेमा सिकेर बनाएका वृत्तचित्रको प्रदर्शन गर्दै कार्यशालाको समापन भएको थियो।

कार्यशालामा रजिला श्रेष्ठले वृत्तचित्र परिकल्पना, राजन कठेतले कथा संरचना एवं प्रस्तुती र सुनिर पाण्डेले आइडिया पिचिङका बारेमा प्रशिक्षण दिएका थिए। यस्तै, शुभांगी खड्काले पात्रसँगको अन्तर्वार्ता, बबिन दुलालले छायांकन तथा दृश्य संयोजन, सुदिल धितालले ध्वनी तथा संगीत, किरण श्रेष्ठले भिडियो सम्पादन र नवनिधि दाहालले वृत्तचित्र वितरणका बारेमा प्रशिक्षण दिएका थिए। कार्यशालाको अन्तिम दिन कार्यशालाको दौरान सहभागीहरुले निर्माण गरेको वृत्तचित्रको ओस्कार फिल्म कलेजमा प्रदर्शन गरिएको थियो।

कार्यशालामा चलचित्र वा वृत्तचित्र निर्माण र निर्देशनमा अनुभव नभएका महिलाहरुलाई सहभागी गराइ प्रयोगात्मक तालिम दिइएको मिराकल फिल्म्सकी संस्थापक तथा अल वुमन डकुमेन्ट्री वर्कशपकी संयोजक मिरा खड्काले बताइन् । ‘कहिल्यै डकुमेन्ट्री नबनाउनुभएका सहभागीहरु आफैंले कथा र पात्र खोजेर, स्क्रिप्ट लेखेर, आफैंले छायांकन र सम्पादन गरेर १४ दिनमा वृत्तचित्र तयार गर्नु चुनौतीपूर्ण काम थियो। तर, वहाँहरुले मेहनत र लगनका साथ वृत्तचित्र बनाउनुभयो, राम्रो पनि बनाउनु भएको छ,’ संयोजक खड्काले भनिन्।

समापन कार्यक्रममा वृत्तचित्रहरुको पहिलो ड्राफ्ट मात्र प्रदर्शन गरिएको मिराकल फिल्म्सका सुरज कटुवालले बताए। पोस्ट प्रोडक्सनमा साउण्ड र कलरको काम छिट्टै सकेर औपचारिक कार्यक्रमसहित विशेष प्रदर्शनी गर्ने योजना रहेको पनि उनले बताए।

यस्तै, वृत्तचित्र प्रदर्शनीका क्रममा कार्यशालाकी सह-संयोजक युबिना भट्टराईले १४ दिने कार्यशालाका उतारचढावहरु स्मरण गरिन्। छनोट गरिएका पात्रहरुले छायांकनको अनुमति नदिँदा र  छायांकनका क्रममा सडक दुर्घटना भएका किस्साहरु सुनाउँदै उनले वृत्तचित्र बनाउन सहभागीहरुले गरेको मेहनतको प्रशंसा गरिन्।

१४ दिने कार्यशालामा सम्पदा वाग्ले र मोनिका थापाले ‘अ फेमिनिस्ट ड्राइभ’ वृत्तचित्र बनाएका थिए भने रेबिका कुँवर, आरजु पराजुली र आँचल ढकालको टोलीले ‘स्टल नम्बर २’ निर्माण गरेको थियो। यसैगरी, प्रतिभा कुलुङ र शैली मल्लले ‘अ सङ फ्रम एबी’ वृत्तचित्र बनाएका थिए भने रुपासी दुलाल, रिदिमा कँवर क्षेत्री र सुस्मिता बोगटीले ‘ट्रिलियम’ वृत्तचित्र बनाएका थिए। सहभागीहरुले सो कार्यशालाबाट वृत्तचित्र बनाउन मात्र नभएर नयाँ आयामबाट आफ्नो र आफु वरपरका जीवनलाई हेर्न समेत सिकाएको बताए।

नेपालको चलचित्र वृत्तमा महिला फिल्मकर्मीहरु कम भएको महसुस गरेका कारण सो कार्यशाला आयोजना गरिएको मिराकल फिल्म्सले बताएको छ। चलचित्र बनाउन रुची भएर पनि सुरु गर्ने बाटो नपाइरहेका महिलाहरुलाई वृत्तचित्र मार्फत् यस क्षेत्रमा प्रवेश गर्ने सेतुका रुपमा कार्यशाला आयोजना गरिएको सहसंस्थापक खड्काले बताइन्। वृत्तचित्र कार्यशालाको यो पहिलो संस्करण भएपनि यसको सफलताले भविष्यमा अझै सशक्त कार्यक्रमहरु आयोजना गर्ने उर्जा मिलेको उनले बताइन्।

प्रकाशित: २०८० माघ १५ गते सोमबार १२:०२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना