काठमाडौँ- फिल्म ‘पुजार सार्की’को छायांकन सुरु भएको छ।
मंगलबार पोखराको कास्कीकोटबाट फिल्मको छायांकन सुरु भएको हो।
फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका छ।
फिल्ममा जातीय विभेदविरुद्ध कम्युनिस्ट नेताले गरेको संघर्षको कथा देखाइने बताइएको छ।
दिनेश राउतले निर्देशन गर्ने यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन्।
निर्देशक राउतले फिल्मको सबै छायांकन कास्कीकोटमा नै हुने जानकारी दिए।
फिल्मको अभिनयमा अञ्जना बराइली र परीक्षा लिम्बूको प्रमुख भूमिका छ।


