काठमाडौं- ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’लाई दर्शकले खुबै रुचाएका थिए। वाइआरएफको एक्सन इन्टरटेनर फिल्म बक्स अफिसमा पनि सफल भयो। स्पाई युनिभर्स अन्तर्गतको यो फिल्मको अर्को भाग दर्शकले कुरिरहेका छन्। ‘वार २’को अफिसियल घोषणा यसअघि नै भइसकेको छ। ‘वार २’मा ऋतिकसँगै जुनियर एनटिआर र कियारा आडवाणीको मुख्य भूमिका रहनेछ।
यो फिल्मको सुटिङ मुम्बईमा सुरु हुन लागेको बताइएको छ। फिल्मको सुटिङ मुम्बईबाट सुरु हुनेछ। यस्तै निर्माण पक्षले विदेशका लोकेसन समेत छनौट गरिसकेको बताइएको छ।
‘निर्देशक अयान मुखर्जीले करिब २ महिना पहिले नै विदेशी लोकेसन फिक्स गरिसकेका छन्। ऋतिकको पहिलो सुटिङको सेड्युलका लागि मुम्बईमा सेट बनिरहेको छ,’ बलिउड हंगामाले लेखेको छ। यो फिल्म सन् २०२४ को अन्त्यसम्ममा रिलिज हुने अपेक्षा गरिएको छ।


