२०८३ साउन १३ गते बुधबार

यी हुन् श्रेया घोषालका टप १० गीत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
shreya

काठमाडौं- श्रेया घोषाल भारतकी प्रतिभाशाली र लोकप्रिय गायिका हुन्।

धेरै भाषामा सुरिलो आवाज दिएर दर्शकलाई मन्त्रमुग्ध गराउन सफल घोषाल सन् २००२ मा सञ्जयलिला भन्सालीको फिल्म ‘देवदास’बाट बलिउडमा डेब्यू गरेकी हुन्।

घोषालले दर्शक/स्रोतालाई मन्त्रमुग्ध पार्ने क्रम जारी छ।

विभिन्न फिल्म र एल्बममार्फत भारतीय संगीत क्षेत्रमा उनको योगदानको प्रशंशा हुने गरेको छ।

यी हुन् श्रेयाका टप १० गीत 

१‍‍. सम्झावां

फिल्म: हम्प्टी शर्मा की दुल्हनिया
संगीत: जवाद अहमद, शारिब-तोशी
गीतकार: अहमद अनीस, कुमार
सह-कलाकार: अरिजीत सिंह

फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’ को गीत ‘समझावां’ श्रेया घोषालका उत्कृष्ट गीत मध्येको एक हो। वरुण धवन र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्ममा यो गीतले उनीहरुको कमेस्ट्रीलाई अझ कसिलो देखाएको छ।  श्रेयाको दाजुयी स्वर रहेको गीत आज पनि उत्तिकै सुनिने गीतमा पर्छ।

२. झल्ला वल्लाह

फिल्म: इशकजादे
संगीत: अमित त्रिवेदी
गीतकार: कौसर मुनीर

‘झल्ला वल्लाह’ एक जीवन्त र उत्साही गीत हो।  जो एक गायिकाकारुपमा श्रेयाको बहुमुखी प्रतिभाको उदाहरण पनि हो। अर्जुन कपूर र परिणीति चोपडाको मुख्य भूमिका रहेको फिल्म ‘इशकजादे’को यो गीत खुब हिट रहेको बनेकव थियो। यो गीत विवाहमा बज्ने रोमान्टिक गीत हो।

३. राधा

फिल्म: स्टुडेन्ट अफ द ईयर
संगीत: विशाल-शेखर
गीतकार: अन्विता दत्त
सह-कलाकार: उदित नारायण, विशाल ददलानी, शेखर रवजियानी

फिल्म ‘स्टुडेन्ट अफ द ईयर’को गीत ‘राधा’मा सिद्धार्थ मल्होत्रा, आलिया भट्ट र वरुण धवन लगायतका कलाकारको टोलीले उत्कृष्ट नृत्य गरेका छन्। कोरियोग्राफी र दृश्यात्मकरूपमा शानदार सेटमा यो गीत फिल्माइएको छ।

४. चिकनी चमेली

फिल्म: अग्निपथ
संगीत: अजय-अतुल
गीतकार: अमिताभ भट्टाचार्य

श्रेया घोषालका उत्कृष्ट गीतमा ‘चिकनी चमेली’ पनि पर्छ।  फिल्म ‘अग्निपथ’को यो गीतमा कटरीना कैफको शानदार नृत्य देख्न सकिन्छ।

५. बहारा

फिल्म: आई हेट लव स्टोरीज
संगीत: विशाल-शेखर
गीतकार: कुमार
सह-कलाकार: सोना महापात्रा

‘बहारा’ फिल्मको यो गीत एक भावपूर्ण र मधुर गीत हो। जुन गीतले मायाको सुन्दरताको सारलाई दर्शाउँछ। इमरान खान र सोनम कपूरको मुख्य भूमिका रहेको यो फिल्ममा यो गीतले  शान्ति र कोमलताको भावना पैदा गर्छ।

६. तेरी ओर

फिल्म: सिंह इज किङ
संगीत: प्रीतम
गीतकार: मयूर पुरी
सह-कलाकार: राहत फतेह अली खान

‘सिंह इज किङ’ गीत ‘तेरी ओर’ले अक्षय कुमार र कटरीना कैफबीचको स्वप्निल केमिस्ट्रीलाई अझ सुन्दर बनाएको छ। यो गीत गहिरो प्रेम र अटुट सम्बन्धलाई  दर्शाउँछ।

७. धूम ताना

फिल्म: ओम शान्ति ओम
संगीत: विशाल-शेखर
गीतकार: जावेद अख्तर
सह-कलाकार: अभिजीत भट्टाचार्य

‘ओम शान्ति ओम’ को ‘धूम ताना’ एक शानदार गीत हो। शाहरुख खान र दीपिका पादुकोणले यो गीतमा उत्कृष्ट नृत्य गरेका छन्।  यो गीतले क्लासिक बलिउड संगीतको पुरानो यादलाई ताजा गराउँछ।

८. ये इश्क है

फिल्म: जब वी मेट
संगीत: प्रीतम
गीतकार: इरशाद कामिल

‘जब वी मेट’ को ‘ये इश्क है’ले फिल्मका मुख्य पात्रबीचको प्रेम कथालाई दर्शाउँछ। फिल्ममा शाहिद कपूर र करीना कपूर खानको मुख्य भूमिका छ।

९. मेरे ढोलना

फिल्म: भूल भुलैया
संगीत: प्रीतम
गीतकार: समीर
सह-कलाकार: एम.जी. श्रीकुमार

‘मेरे ढोलना’ फिल्म ‘भूल भुलैया’ को एक सदाबहार र सुन्दर गी तहो। श्रेयाको अलौकिक स्वर र शास्त्रीय धुनमा विद्या बालनले मनमोहक नृत्य गरेकी छन्।

१०. अगर तुम मिल जाओ

फिल्म: जहर
संगीत: अनु मलिक, रूप कुमार राठौड
गीतकार: सईद कादरी

फिल्म ‘जहर’ गीत ‘अगर तुम मिल जाओ’ भावनात्मक गहिराइ र सुन्दर रचनाका लागि प्रख्यात छ। यो फिल्ममा इमरान हाशमी, उदिता गोस्वामी र शमिता शेट्टीको मुख्य भूमिका छ।

-पिंकभिल्लाबाट

प्रकाशित: २०८० माघ १७ गते बुधबार ०४:०९
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना