काठमाडौं- नेपाली फिल्म ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतीय स्टार ‘ब्रह्मानन्दम्’को लुक्स सार्वजनिक भएकाे छ।
निर्माणपक्षले ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार फिल्मको रिलिज मिति र उनको लुक्स सार्वजनिक गरेकाे हो।
फिल्म आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ।
चन्द्र पन्द निर्देशित फिल्म नीता ढुंगाना फिल्म्सले निर्माण गरेको हो।
नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक गर्नेछिन्।
ज्योतिषीसमेत रहेका हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसहित नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ।
यस्तै ‘गजनी’का अभिनेता विजय रावतले समेत फिल्ममा अभिनय गरेको निर्माण पक्षले जानकारी दिएको छ।


