काठमाडौं- ‘जवान’का निर्देशक एटलीकुमारले वरुण धवनलाई लिएर ‘बीडी १८’ बनाउने भएका छन्। यो फिल्मको अस्थायी शिर्षक हो। यो फिल्ममा बरुणसँगै कीर्ति सुरेश र वामीका गब्बीको मुख्य भूमिका रहनेछ। गत महिना नै फिल्मको शुभमुहर्त भइसकेको छ।
आइतबार धवनले आफ्नो इन्टग्राम स्टोरीमा पोस्टर रिलिज गरेका छन्। उनले फिल्मकाबारेमा जानकारी दिँदै भनेका छन्, ‘भोली २ बजे ठूलो खुलासा।’ यो फिल्म एप्पल स्टूडियो, जियो स्टूडियो र सिने १ स्टूडियो मिलेर निर्माण गर्न लागेका हुन्।
सोमबार २ बजे १ मिनेटको भिडियो कन्टेन्टका साथमा फिल्मको घोषणा हुने बताइएको छ।


