काठमाडौं- बलिउड अभिनेता अक्षयकुमार अभिनित गीत ‘शम्भु’ भोली (सोमबार) रिलिज हुँदैछ। गीतका बारेमा अक्षयले शनिवार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए।
तर बलिउड हंगामाका अनुसार यो गीतमा अक्षयको अभिनय मात्रै रहनेछैन, स्वर पनि उनकै रहेको छ। यो एक भगवान शिवमा समर्पित गीत हो। यो गीत शिवरात्रीका लागि बनाइएको हो।
‘ओएमजी २’ पछि अक्षयकुमार ‘शम्भू’ मा शिव भक्तकोरुपमा देखिनेछन्। अभिनव शेखरले लेखेको गीतमा विक्रम मन्ट्रोजले संगीत दिएका छन्।
