२०८३ कार्तिक १३ गते बिहिबार

कर्पोरेट बुकिङ के हो? भारतीय फिल्ममा यस्तो किन भइरहेको छ?

 |  हिमेश मांकड
Sanket

हिमेश मांकड

काठमाडौँ, माघ २२
box_office
तस्विरः गेट्टी।

२०२३ मा भारतीय फिल्मको व्यापारबारे चर्चा गर्दा ‘अर्गानिक’ र ‘कर्पोरेट’ शब्द निकै प्रयोगमा आए। निर्माताले आफैं टिकट खरिद गर्ने, कर्पोरेट बुकिङ गर्नेजस्ता खराब काम फिल्म उद्योगका खेलाडीहरुले धेरै गरे, जसकारण महामारीपछिको दुनियाँमा सामाजिक सञ्जालमा यस विषयमा बहस सोझियो।

अप्रिल २०२२ मा यी सबै सुरु भएको थियो, जतिबेला एक एक्सन फिल्मले झन्डै ९० हजार टिकट एडभान्समा बेचेर पनि ६ करोड ५० लाख भारुको सामान्य ओपनिङ गर्‍यो। जबकी, सामान्य रुपमा सोच्दा ९० हजार टिकट बिक्री हुनुले १५ करोडको ओपनिङ हुने संकेत गर्छ।

२० करोडको टिकट नाटकीय बिक्री
बुकिङ प्याटर्नलाई मिहिन रुपमा हेर्न भित्तामा लेखिएको अक्षर हेर्नुपर्छ, बोर्डमा हाउसफुल लेखिएको हुन्छ। तर हलमा दर्शक हुँदैनन्। हामी सबै मौन बस्यौं र मौनताले भारतीय फिल्म उद्योगमा नयाँ अभ्यास जन्मायो। वीरताले भरपुर यस फिल्मको टिकट किन्नमै १० करोड रुपैयाँ लगानी गरेको थियो भन्ने केही समयपछि खुल्छ। २०२३ मा भएको एउटा घटनाले कर्पोरेट र स्व–खरिदको योजनालाई पुनर्परिभाषित गर्‍यो । यस दौरान ती व्यक्तिहरुको पनि नाम घोषणा गरियो, जसले टिकट किनेका मात्रै थिएनन्, त्यसको वितरण पनि गरेका थिए।  उनीहरुले लाखौंको संख्यामा टिकट किनेका थिए, तर यसले फिल्मको व्यवसायमा थोरैमात्र फरक पार्‍यो।

अचम्मलाग्दो कुरा, २० करोड भारु मुल्य बराबरको टिकट किनिएको फिल्म पनि असफल भयो। जुन २०२३ मा रिलिज भएको अर्को एक फिल्मले लामो समय ‘शो’ टिकाउन आफैंले टिकट किनेको थियो। यसका लागि ७ करोड भारु खर्च गरिएको थियो।

जुलाई २०२३ मा कर्पोरेट बुकिङले निरन्तरता पायो, यतिबेला विभिन्न ब्रान्डहरु आफ्ना उपभोक्तालाई सित्तैमा टिकट बाँड्न एकजुट भएर आए। निर्माताहरुले आफ्नो फिल्म धेरै दर्शसम्म पुर्‍याउनका लागि २० करोड भारु बराबर टिकट विभिन्न ब्रान्डहरुमार्फत खरिद गराए,  त्यसपछि दर्शकलाई सित्तैमा बाँडें।

हामीले सेल्फ बुकिङ र कर्पोरेट बुकिङबीचको अन्तर बुझ्न जरुरी छ। केही फिल्मका हकमा निर्माता आफैं टिकट किनेका हुन्छन्। अन्य केही सिनेमा त्यस्ता छन्, जहाँ कर्पोरेट संस्थाले टिकट किन्छन् र आफ्नो कर्मचारी तथा उपभोक्तालाई सित्तैमा बाँडिदिन्छन्।

दुबै अभ्यास गलत हुन्। यी दुबै अवस्थामा फिल्मप्रेमीले कन्टेन्टको वास्तविक उपयोग गरेका हुन्नन्। अर्को भाषामा भन्नुपर्दा कन्टेन्ट मन पराएकाले कोही फिल्म हेर्न गएको हुँदैन। कर्पोरेट बुकिङको अभ्यास वर्षौंदेखि थियो, तर अहिले जुन स्तरमा भइरहेको छ, त्यस्तो थिएन।

२०२३ मा ७० करोड भारु स्व–खरिद

२०२३ मा अन्तिम रिलिजहरुबारे चर्चा गरौं। दुवै फिल्म डिजिटल दुनियाँमा स्व–खरिदका कारण चर्चामा थिए। र, केही दिनका शो नियाल्दा केही अनियमित भएको इशारा मिल्छ। एउटा फिल्मले शुक्रबार टिकट किन्यो।  नयाँ शो पाउन र अर्को फिल्मका लागि बक्स अफिसमा राम्रो नम्बर देखाउन यस्तो गरिएको थियो। दुईवटा फिल्मले यसरी ७० करोड भारु खर्च गरेका थिए। एउटा ३० करोड भारुको टिकट आफैं किनेको थियो। अर्कोले ४० करोड भारु। माथि उल्लेख भएका धेरै फिल्मले बिएमएसमा शो हाउसफुल थियो र हलभित्र कोही दर्शक थिएनन्। (लेखक आफैं केही हाउसफुल शोको जाँच गर्न हल छिरेका थिए र यसको भिडियो प्रमाण छ।)

यसरी टिकट किन्नुको अर्थ छ? उद्योगलाई थाहा छ र अहिलेको सामाजिक सञ्जालको दुनियाँमा दर्शकलाई समेत थाहा छ। फिल्म दर्शकको खपतका लागि बनाइन्छ र यसलाई हलमा पास गर्ने जिम्मा दर्शककै काँधमा छ। टिकट किन्ने (आफैं वा कर्पोरेट)ले कलेक्सनमा आएको कमीलाई रोक्ला, तर समग्रमा कुनै फरक पार्दैन।

हाम्रो उद्योगमा सफलता र असफलता सबैतिर चिन्हित हुन्छ। र, नतिजालाई आफ्नो पक्षमा पार्ने कोसिस गर्नुभन्दा यसलाई स्विकारेर अघि बढ्नु नै राम्रो हो। यो अभ्यासले बक्स अफिसको शुद्धता र रिर्पोटिङको मज्जालाई मार्छ। कर्पोरेटले टिकट किन्ने कामा चाडवाडमा चल्छ। यस्तोमा पनि हल पुग्ने मानिसका लागि टिकट किनिदिने हो। हल खाली भएर हाउसफुल हुनु ‘डिज्यास्टर’हो। आशा गरौं, हामीले खराब अभ्यास गर्नभन्दा राम्रो फिल्म बनाउन धेरै प्रयास गर्नेछौं।

कर्पोरेट बुकिङ किन भइरहेको छ?
र, अब हामी यस लेखको मुख्य बुँदामा आउँदैछौं; किन कर्पोरेट बुकिङ र  स्व–खरिद चलिरहेको छ। यसका धेरै पक्षहरु छन्। धेरैजसो चलचित्रले ओटिटी प्लेफर्मसँग स्लाबमा आधारित सम्झौता गरेका हुन्छन्। जस्तो, कुनै फिल्मले हलमा निश्चित रकमभन्दा धेरै उठायो भने त्यही आधारमा डिजिटल प्लेटफर्मबाट प्रिमियम मुल्य पाउँछन्। टिकटको स्व–खरिदलाई मार्केटिङ खर्चकै रुपमा लिइन्छ, किनकी निर्माताले प्रायजसो खर्च गरेको रकम ५० प्रतिशत फिर्ता पाउँछन्। उदाहरणका लागि – एक्स (निर्माता)ले १५ करोड रुपैयाँ टिकट किन्न खर्च गर्‍यो, ६ करोड ५० लाख रुपैयाँ उसकै पकेटमा टिकट बिक्रीबापत निर्मातालाई प्राप्त हुने रकमका रुपमा फिर्ता आउँछ।

यसबाहेक अभिनेताहरु पनि टिकट स्व–खरिदमा संलग्न भएका उदाहरण छन्। उनीहरु आफ्नो न्युनतम ओपनिङको छवि कायम राख्न यस्तो काम गर्छन्। केही फिल्मका हकमा निर्माता र अभिनेताले आ–आफ्नो भाग छुट्टयाएर टिकट किन्ने बजेट निर्धारण गरेका हुन्छन्, यसले निर्मातामाथिको भार कम हुन्छ।

२०२३ मा रोकिने आशा गरिएका कुरा २०२४ मा दोहोरिन सक्छ, त्यसैले यो लेख लेख्न महत्वपूर्ण छ। निर्माताहरु ब्रान्ड र एजेन्सीसँग टिकट किन्ने प्रस्ताव लिएर जाने गरेको विषय अहिल्यै फिल्म उद्योगमा बहसमा छ। यस्तो अवस्थामा कर्पोरेट सहयोग रहेका फिल्मलाई अर्गानिक फिल्मको दाँजोमा सधैं केही सहज हुन्छ। यदि यस्तै ट्रेन्ड जारी रह्यो भने फिल्मबारे निर्णय गर्दा कर्पोरेट एडेड हिट (कर्पोरेट सहयोगप्राप्त हिट), अर्गानिक हिट, फ्लप डिस्पाइट कर्पोरेट (कर्पोरेट सहयोगका बाबजुद फ्लप) र अर्गानिक फ्लपजस्ता शब्दावली प्रयोगमा आउन सक्छ।

– पिंकभिल्ला डटकमबाट

प्रकाशित: २०८० माघ २२ गते सोमबार ०१:२२
Sanket

हिमेश मांकड

हिमेश पिंकभिल्लाका फिल्म रिपोर्टर हुन्।
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना