काठमाडौं– बलिउड अभिनेता बरुण धवन र निर्देशक एटलीकुमारबीचको सहकार्यलाई लिएर केही दिन यता खुब चर्चा भइरहेको थियो। यो फिल्मको अस्थायी शिर्षक ‘विडी १८’ राखिएको थियो। फिल्ममा कीर्ति सुरेश र वामीका गब्बी पनि मुख्यभूमिकामा देखिनेछन्। सोमबार निर्माणपक्षले फिल्मको नाम र टिजर सार्वजनिक गरेको छ।
फिल्मको नाम ‘बेबी जोन’ राखिएको छ। यो फिल्म मे ३१ मा रिलिज हुनेछ। एक मिनेट लामो टिजरमा बरुण अलगरुपमा देखिएका छन्।
फिल्मको निर्देशन ए कालीस्वरनले गरेका हुन्। यो फिल्मलाई एटली, सिने १ स्टुडियोज, ए फर एप्पल स्टूडियोज र सिने१ ले संयुक्तरुपमा गरेका हुन्।
