काठमाडौं- हजार करोड क्लबका दुई फिल्म दिएका शाहरुख खानको अर्को फिल्मको प्रतिक्षित छ। उनका फिल्म ‘पठान’ र ‘जवान’को सफलतापछि उनको माग पनि उच्च छ। शाहरुखका आगामी फिल्मका बारेमा अनेक अट्कलबाजी समेत भइरहेका छन्।
उनको अर्को फिल्म सुजाय घोषले निर्देशन गर्ने ‘किङ’ हुने सम्भावना छ। यो फिल्ममा उनकी छोरी सुहाना पनि हुने अपेक्षा गरिएको छ। यस्तोमा शाहरुख र यशलाई एउटै फिल्ममा देखिने सम्भावना पनि बढेको छ।
भारतीय चलचित्र उद्योगमा चलिरहेको र्युमरलाई मान्ने हो भने यश र निर्देशक गीतु मोहनदासले शाहरुलाई ‘टक्सिक’मा केमियो भूमिकाका लागि प्रस्ताव राखेका छन्। ‘टक्सिक’ एक ग्याङस्टारको कथामा आधारित एक्सन थ्रीलर फिल्म हो। ‘शाहरुख खान आफ्नो करियरको पिकमा छन्। हरेक निर्देशक उनीसँग काम गर्न चाहान्छन्। यश, गीत मोहनदास र टक्सिकका निर्माताले शाहरुखलाई केमियो भूमिकाका लागि सम्पर्क गरेका छन्,’ पिंकभिल्लाले लेखेको छ, ‘शाहरुखले यसबारे निर्णयले लिइसकेका छैनन्।’
यसबीचमा शाहरुखसँग राज एन्ड डीके, फराह खान, कबीर खान र सिद्धार्थ आनन्दले सम्पर्क गरेको बताइएको छ। यद्यपी उनको आगामी फिल्मको टुंगो लाग्न सकेको छैन।


