२०८३ कार्तिक १३ गते बिहिबार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ३०
NEPSE
नेपाल स्टक एक्सचेन्ज

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार ९२ अंकले बढेको सेयर बजार परिसूचक नेप्स बिहीबार २९ अंकले घटेको छ।

२९.०७ अंकले घटेर नेप्से १ हजार ९३४ अंकको बिन्दुमा रोकिएको छ। कुल २१८ कम्पनीको सेयर कारोबार भएको नेप्सेमा १ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ।

बुधबारको तुलनामा बिहीबार करोबार रकम पनि करिब ३७ करोड रुपैयाँले घटेको छ। आज कारोबार भएका २०० कम्पनी सेयरमा गिरावट आएको छ भने १६ कम्पनीको कारोबार बढेको छ।

दुई कम्पनीको सेयर मुल्यमा कुनै पनि घटबढ नभएको नेप्सले जनाएको छ। आज कारोबार भएका कम्पनीमध्ये आदर्श लघवित्त वित्तीय संस्था, कालिनचोक दर्शन लिमिटेड र मैलुङ जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ।

शिवम सिमेन्ट कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। ४०५ रुपैयाँ प्रतिकित्ताका दरले शिवम सिमेन्टको ८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार ०३:४३
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना