काठमाडौँ- पाकिस्तानी चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन्।
असलमले नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिने जनाइएको छ ।
चैत ३० गते ‘आतिफ असलम लाइभ इन नेपाल’ मा प्रस्तुति दिने असलम त्यसको एक दिनअघि नेपाल आइपुग्ने छन्। कार्यक्रम एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो।
नेपाल बसाइका क्रममा उनले नेपालका पर्यटकीयस्थलसमेत भ्रमण गर्नेछन् ।
सांगीतिक कार्यक्रमका लागि असलम दोस्रोपटक नेपाल आउन लागेका हुन्। यसअघि उनले सन् २०१२ मा दशरथ रंगशालामा कन्सर्ट गरेका थिए।
असलमको कन्सर्ट हुने कार्यक्रममा नेपालका कलाकारको समेत प्रस्तुति हुनेछ।
कन्सर्टको टिकेटिङ पार्टनरमा डिजिटल वालेट खल्ती छ।


