काठमाडौँ- ‘हरेक वर्ष विश्वमा सात लाखभन्दा बढीको मानिसको ज्यान आत्महत्याका कारण हुने तथ्यांक छ। १५ वर्षदेखि २९ वर्ष उमेर समुहका मानिसहरुमा हुने मृत्युको कारक मध्ये आत्महत्यालाई चौथाको कारक मानिएको छ। अहिलको समयमा युवाहरुमाझ डिप्रेसनको समस्या बढ्दो संख्यामा देखिएको छ।’ नविन श्रेष्ठद्वारा निर्देशित शर्ट फिल्म ‘डिप्रेसनः द अनटोल्ड स्टोरी’ मा समेटिएको एउटा तथ्यांक हो यो।
एक साताअघि कथा डिजिटल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘साथी’ उप–शीर्षक राखिएको यो सर्ट फिल्ममा मोडल तथा कोरियोग्राफर लभिन अन्सारीले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्ममा उनी डिप्रेसनबाट पीडित युवाको भूमिकामा छन्।
कथा डिजिटलले नै निर्माण गरेको यो सर्ट फिल्ममार्फत समाजमा डिप्रेसनका कारण युवाहरु कसरी पीडित बन्दै गैरहेका छन् भन्ने यथार्थतालाई चित्रण गरिएको छ। युवाहरुलाई डिप्रेसनबाट जोगाउनु पर्ने आजको आवश्यकतातर्फ फिल्मले संकेत गरेको छ।
फिल्ममा लभिन अन्सारीसहित यून्चो लिम्बू, अन्जिता श्रेष्ठ, दीपा थानी तथा दर्पण बस्नेतले पनि अभिनय गरेका छन्।
सुनिल श्रेष्ठद्वारा छायांकन गरिएको यो फिल्मको सम्पादन मेराकीपा ग्यालरीमा गरिएको हो। टेकेन्द्र शाह यो फिल्मका सम्पादक हुन्।
डिप्रेसन


