काठमाडौंँ- राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार शीतलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन्।
पौडेल भारतीय गायन रियालिटी शो इन्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल भएकी छन्।
राष्ट्रपति पाैडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उचो बनाएको बताएका थिए।
‘देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने हो,’ राष्ट्रपति पौडेलले भनेका थिए, ‘उहाँले मेहनत र अभ्यासले मानिसलाई प्रेरित गर्छ।’
राष्ट्रपति पौडेलले गायिका पौडेलको प्रगतिको कामना गरेका थिए।


