काठमाडौं- तेजा सज्जाको फिल्म ‘हनुमान’ले बक्स अफिसमा शानदार सफलता मिल्यो। यो फिल्मलाई दर्शकले खुब रुचाए। अहिले यसको सिक्वेल ‘जय हनुमान’को तयारी सुरुभएको छ। प्रशान्न वर्माको निर्देशनमा बन्ने ‘जय हनुमान’को बजेट निर्माण पक्षले पढाएको छ। अब फिल्ममा स्टार पावर पनि देख्न सकिनेछ।
‘जय हनुमान’मा हनुमानको भूमिकामा यश देखिने बताइएको छ। फिल्ममा रामचरण भगवान रामको भूमिकामा देखिनेछन्।
निर्देशक वर्माको निकट स्रोतलाई हवला दिँदै बलिउड हंगामाले लेखेको छ, ‘हनुमानको कास्टिङलाई लिएर मुम्बई केन्द्रीत मिडिया भ्रममा छन्। तेजा सज्जाले हनुमानमा हनुमन्तको भूमिका निभाएका छन्। उनले जय हनुमानमा पनि यही भूमिका निभाउनेछन्। यशलाई हनुमानको रोलमा देख्न सकिनेछ।’


