काठमाडौं- सन् २०२३ को जनवरीमा शाहरुख खान सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’बाट वाईआरएफ स्पाई युनिभर्सको फिल्म मार्फत एक्सन अवतारमा देखिए। आदित्य चोपडाले निर्माण गरेको फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा थिए। यो फिल्ममा बक्स अफिसमा नयाँ रेकर्ड समेत बनाउन सफल रह्यो।
अब फेरी शाहरुख ‘पठान २’ मार्फत पठान बनेर सिनेमाघरमा देखिने भएका छन्। आदित्य चोपडाले स्पाई युनिभर्सको आठौं फिल्मकारुपमा ‘पठान २’ बनाउने निर्णय गरेका छन्।
पिंकभिल्लाका अनुसार ‘पठान २’, ‘टाइगर भर्सेस पठान’ भन्दा अघी बन्नेछ। यही फिल्म मार्फत ‘टाइगर’ र ‘पठान’को टकराब स्थापित हुनेछ। अहिले यो फल्मको स्क्रिप्टमा काम भइरहेको बताइएको छ। चोपडाले सन् २०२४ को डिसेम्बरबाट फिल्मलाई फ्लोरमा लैजाने तयारी गरेका छन्।


