२०८३ कार्तिक १३ गते बिहिबार

नाटकमा फर्किने योजनामा छुः अभिनेता मल्ल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३०
saugat_malla

काठमाडौँ– अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र भूमिकाबाट पनि दर्शकमाझ परिचित कलाकारमा पर्छन्।

कैयन नाटकमा काम गर्दा प्राप्त गर्न नसकेको अपेक्षाकृत व्यवसायिक सफलता उनले ‘लुट’लगायतका चलचित्रबाट पाए। चलचित्र लुटमा निर्वाह गरेको ‘हाकु काले’को भूमिकाले उनको परिचय नै फेरिदिएको थियो। त्यसैले त अझै पनि कैयन दर्शकहरु अझै उहाँलाई हाकुकालैकै नामले पनि चिन्छन्। ‘हाकु काले’ उनलाई ‘मास’मा परिचित गराउने पात्र समेत बन्यो।

त्यसबाहेक चलचित्र कागबेनी, कथा, फिटकिरी, बधशालालगायतमा गरेको अभिनयले उनलाई उम्दा अभिनेताका रुपमा बलियो गरी स्थापित गरिदियो। मल्लले आकाश अधिकारीद्वारा निर्देशित चलचित्र ‘रणभूमि’ मा पहिलो पटक अभियन गरेका थिए। त्यसपछि चलचित्र ‘दाग’, ‘पक्षी’ जस्ता चलचित्रमा काम गरे।

चलचित्रमार्फत व्यवसायिक सफलता मिले पनि यस क्षेत्रमा उनको जग बलियो बनाउने काम भने रङ्गमञ्चले ग¥यो। उनलाई यहाँसम्म ल्याउन रङ्गमञ्चको भूमिका ठूलो भएको धेरैको भनाइ छ। उनलाई अझै पनि रङ्गमञ्चकै कलाकारका रुपमा चिन्नेको जमात पनि ठूलै छ।

रङ्गमञ्चमा लामो समय बिताउनुभएका उनी पछिल्लो समय चलचित्रमा व्यस्त छन्। त्यसैले त चाहेर पनि रङ्गमञ्चमा फर्कन पाएका छैन। यद्यपि रङ्गमञ्चमा फर्कने चाहना भने लामो समयदेखि भएको उनको भनाइ छ।

‘नाटकमा फर्किने योजना बनिरहेको छ। पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन, तर विविध कारणले त्यो पूरा भएको छैन,’ उनले भने, ‘केही साथीसँग चलचित्रमा काम गर्ने र त्यसलाई नै नाटकका रुपमासमेत प्रस्तुत गर्ने तयारी पनि भएको थियो।’

पात्रको भूमिकाबाट पनि चर्चा कमाए पनि उनलाई यदाकदा एकै किसिमको भूमिकामा देखिने गरेको आरोप पनि पनि नलागेको होइन। तर उनले भने यसबारे आफू जानकार र सचेत रहे पनि आफूले मेहनतमा कुनै कमजोरी नगरेको बताउँछन्।

‘हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ। तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ। हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ,’ अभिनेता मल्लले भने।

लगातार चलचित्रमा अभिनय गर्दा आफू पनि पात्रकै जीवन जिउने गरेको पनि उनको अनुभव छ। उनी केही विश्राम गरेर काम गर्न सके नयाँ पात्र प्रस्तुत हुनुका साथै अभिनयमा ताजगी ल्याउन सकिने सोचमा छन्। सोहीअनुसार आगामी दिनमा उनले चलचित्रमा काम गर्ने तालिका समेत बानाएका छन्। ‘पात्र तयार गर्न शारीरिकभन्दा पनि मानसिक रुपमा तयार हुनुपर्छ। र, यसका लागि समय चाहिन्छ,’ उनले भने, ‘शारीरिक रुपमा तयार हुन समस्या नभए पनि मानसिकरुपमा तयार हुन समय चाहिन्छ।’

उनले मैले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘अगस्त्य’का लागि २० किलो तौल घटाएर फेरि बढाएका थिए। ‘त्यसका लागि मैले चार महिना अगाडि नै अन्य चलचित्रको छायांकनमा खानपिनमा ध्यान दिएँ। तर मलाई मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो,’ उनले भने।

लेखिएको पात्रले भोग्ने कथा, रहने परिवेश र आफ्ना भोगाइलाई समावेश गरेर पात्रलाई तयार गर्ने गरेको उनको भनाइ छ। उनलाई पात्रबाट निस्किन समय चाहिन्छ। जसका लागि एउटा काम र अर्कोकामबीच केही समय विश्राम गर्ने तयारी समेत अभिनेता मल्लले गरेका छ।

प्रकाशित: २०८० फाल्गुण ३० गते बुधबार ०४:३९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना