२०८३ कार्तिक १३ गते बिहिबार

लोकभाका सुसेल्ने बसन्तलाई मौलिक लय खोज्ने हुटहुटी छ

 |  रामबहादुर थापा
Sanket

रामबहादुर थापा

काठमाडौँ, चैत २
basanta

गण्डकी-  माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिपेर गीतमा प्राण भर्छन्। चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा।

उनको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिति, संस्कृति र भोगाइहरु हुन्। थापाले भने, ‘मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस्। अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु। खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ।’

सङ्गीतकर्ममा दुई दशक बिताएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित छन्। अहिले ४० वर्षका उनी नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिएका छन्।

भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय उनी ठेट लय र शब्दमा जब उनको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ। उनमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन्।

मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उनको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ। उनले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गरेका छन्। कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अर्थ्याउने गर्छन्। सङ्गीत–साधनामा लिप्त हुँदा उनी उही धर्ती, आँगन र पाखापखेरुमा पुग्छन्, जहाँ उनी जन्मिए, हुर्किए र गीत गुन्गुनाउन सिके।

विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्थे होला र! ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै। देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उन नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिन्छन्। गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उनको उद्देश्य छ।

‘लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ’, थापाले भने, ‘हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ। लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ।’

उनले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीसमेत रमाउने गरेको बताए। संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मिएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थालेका थिए। ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल भएका छन्।

उनको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो। जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको÷सुनिएको गीतमा पर्दछ। अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ। चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिएका छ। कतिमा शब्द रचेका छन् भने कुनै आफैँले गाएका छन्।

चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली…’ गीतमा पनि उनको स्वर र सङ्गीत छ। विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया…’ मा उनकै सङ्गीत छ। गीतकार राम थापाको शब्द रहेको उक्त गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो।

‘गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो’, थापाले विगत सम्झँदै भने, ‘म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता/दर्शकका कारणले छु। म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु। मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ।’

लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उनी पर्छन्। अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाएका हो। ‘सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पुर्‍यायो’, उनले भने, ‘नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ। हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो।’

रुचि सबैखाले गीतसङ्गीतमा भए पनि उन आफ्नो सृजनाकर्मको केन्द्र लोकसङ्गीतलाई नै मान्छन्। व्यावसायिक सफलता हात पार्न लोकसङ्गीतको महत्वपूर्ण भूमिका रहेको थापाको भनाइ छ। मौलिकता, सृजनात्मकता, प्रस्तुतिमा नयाँपन र साधना सफलताको मन्त्र रहेको उनले बताए।

‘सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ’, थापाले भने। समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उन पोख्त छन्।

‘लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ। नयाँनयाँ प्रयोग पनि भइरहेका छन्’, उनले भने, ‘पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो। अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ।’

थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको बनाए। पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उनको भनाइ छ। गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्छन्। उनी गीत रचनामा पनि सिद्धहस्त छन्।

लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उनले आफैँ लेखे।  सङ्गीत भरेर गाए। उनलाई गीतमा विष्णु माझीदेखि देवी घर्तीसम्मका चर्चित गायिकाले साथ दिए।

नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गरेका छन्। पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाएका उनले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिएका छन्। पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ।

पञ्चेबाजा गीत सृजना गर्दा उनी आफ्नै भूगोलतिर फर्किएका छन्। हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ। सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उनलाई दिइन्छ। उनले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन्। ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन्।

‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ। गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्छन्। यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ।

विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो। त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन। उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उनको विश्वास छ।

श्रोता/दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो। विसं २०६८ मा थापाले सङ्गीत दिएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए।

मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म ७ सयभन्दा बढी गीतमा सङ्गीत र दुई सय बढीमा स्वर दिएका छन्। ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उनले प्रशंसा बटुले।

थापा र विष्णु माझीले गाएको ‘बोकेझार’ गीतबाट थापाले थप सफलताको सिँढी चढे। उनले गाएका र सङ्गीत दिएका ‘आइपुग्यो बागलुङ बजार’, ‘म जन्मेको ठाउँ’, ‘जाम सुस्तै’, ‘चौतारीको वर’, ‘आज सँगै’, ‘सयको गुन तिरौँला’, ‘म त गाउँले ठिटो’, ‘माया हाँसेको’, ‘शुभ विवाह लेखेको’लगायत गीत चर्चित छन्।

‘पहिले गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो। अहिले हामीले लय सङ्कलन होइन सृजना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ’, थापाले भने। सङ्गीत व्यवसायसँग पनि जोडिएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी छ।

कम्पनीबाट प्रवद्र्धित गीत उनकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन्। थापासँग अन्तरराष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बागलुङ कलाकार समाज, नेपाल सङ्गीत उद्योग सङ्घलगायत सङ्घसंस्थामा काम गरेको अनुभव छ। मुख्य विधा लोकसङ्गीत रहे पनि थापाले सुगम, गजल, चलचित्र, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिएका छन्।

साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायत देशमा पुगिसकेको थापाले सुनाए। उनी इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रकाशित: २०८० चैत २ गते शुक्रबार ०५:४८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना