काठमाडौँ– गायक राजेश पायल राई पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा उनलाई गएराति पक्राउ गरिएको हो।
राईसहित तीन जनालाई काठमाडौँको मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको हो।
उनीहरूालई प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।
गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


