काठमाडौँ- आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन्। रेडियो नेपालले ७४ औं वार्षिक उत्सवको अवसरका आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा आधुनिक संगीत विधामा देशभरबाट ७४ जनाले भाग लिएका थिए।
चित्रकलामा विद्यावारिधि गर्दै गरेका ज्योति प्रकाश आधुनिक विधाको गायन तथा शब्द लेखनमा पनि उत्तिकै पाेक्त व्यक्ति हुन्।
तर, रेडियाे नेपालकाे ७४ औँ वार्षिकाेत्सवमा आयाेजना गरिएकाे प्रतियाेगितामा भने उनले सुमी सिंहले लेखेको ‘भन्नलाई त सजिलो छ’ भन्ने बोलको गीतमा संगीत भरेका थिए भने गीत आफैँ गाएर सुनाएका थिए।
प्रथम भएका ज्योतिलाई सूचना संचार तथा प्रविधिमन्त्री रेखा शर्माले नगद पुरस्कार २५ हजार र प्रमाणपत्रले सम्मान गरेकी थिइन्।


