काठमाडौँ- अनमोल केसीको प्रमुख अभिनय रहेको फिल्म ‘फर्की फर्की’ आगामी जेठ १० बाट दर्शकमाझ आउने भएको छ। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचारमा खटिएको छ।
यसअघि नै नयाँ वर्षको छेको पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अनमोललाई अभिनेत्री जसीता गुरुङसँग रोमान्टिक मुडमा देखिन्छन्।
यसैसाता फिल्मको टिजर/ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ।
रोहित अधिकारी फिल्मस्’को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।
फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य अभिनयमा देखिनेछन्।
ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन्। यो फिल्ममा अरुण रिजालको पनि लगानी छ।
फिल्म ‘फर्की फर्की’मा सुरेन्द्र पौडेलको सम्पादन समावेश हुँदा रोमन न्यौपाने र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ।
फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा अभिनेतामा डेब्यू गरेका अनमोल रोहित अधिकारी ब्यानरकै ‘गाजलु’मा पनि लभर ब्वाईको भुमिकामा देखिएका थिए।


