२०८३ कार्तिक १३ गते बिहिबार

हिमालयन बैंकले उल्लंघन गर्‍यो सीडी रेसियो, जरिमाना तिर्ने निश्चित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १०
hbl

काठमाडौँ- हिमालयन बैंक कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको देखिएकाले राष्ट्र बैंकले जरिमाना गर्ने भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले सीडी सीडी रेसियो कायम नगरेपछि जरिमानामा पर्ने निश्चित भएको हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ९० प्रतिशत सीडी रेसियो कामय गर्नुपर्ने व्यवसव्था गरेको छ। तर हिमालयनले उक्त व्यवस्था उल्लंघन गर्दै ९०.५ प्रतिशत पुर्‍याएपछि कारबाहीमा पर्ने भएको हो। बैंकमा संकलन भएको निक्षेप (डिपोजिट)को ९० प्रतिशत मात्रै कर्जा प्रवाह गर्नुपर्नेमा हिमालयनले त्यसलाई उल्लंघन गरी निक्षेपको ९०.५ प्रतिशत कर्जा प्रवाह गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनले देखाएको छ।

सीडी रेसियो मात्र नभएर हिमालयनले नियामक राष्ट्र बैंकको व्यवस्थाअनुसार तरतला अनुपात पनि कायम गर्न चुकेको छ। चालु आवको पुस १ गतेबाट कार्यान्वयनमा आएको तरलता अनुपात बैंकले कायम नगरेको हो।

निक्षेपको ९० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको अवस्थामा राष्ट्र बैंकले तोकिदिएको तरलता अनुपात कायम गरेको भए बैंकहरू जरिमानाबाट जोगिन सक्छन्। सीडी रेसियो कायम गर्न नसके बैंकले २२ प्रतिशत वा सोभन्दा बढी तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। तरलता अनुपात कायम गर्नमा पनि हिमालयन बैंक चुकेको छ। चालु आवको तेस्रो त्रैमासमा हिमालयन बैंकको तरलता अनुपात २०.१३ प्रतिशत मात्र छ। यसर्थ जरिमानाबाट जोगिन उसलाई मुस्किल छ।

सीडी रेसियो मात्र नभएर हिमालयनले नियामक राष्ट्र बैंकको व्यवस्थाअनुसार तरतला अनुपात पनि कायम गर्न चुकेको छ।

राष्ट्र बैंकका अनुसार २०७८ भदौ ८ गतेअघि जारी भएका ऋणपत्र, स्थानीय सञ्चिति कोषमा जाने रकमको ९० प्रतिशत रकम, पुनर्कर्जा, १ वर्ष वा सोभन्दा बढी अवधिका लागि विदेशी मुद्रामा लिएको ऋणलाई निक्षेपको रुपमा गणना गरिन्छ। तर अन्तर सापटी रकमलाई भने निक्षेपका रूपमा गणना गर्न नपाइने व्यवस्था छ। निक्षेपको ९० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका बैंकहरुले तरलता अनुपात कायम गर्न पनि असफल बने जरिमानामा पर्छन्। यही कारबाही हिमालयनले भोग्न लागेको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा बैंकले ग्राहकतर्फबाट २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो। यसैगरी ८ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो। जसमध्ये २ अर्ब ५० करोड रुपैयाँ पूरक पुँजीकोष (टायर टु) गणनामा प्रयोग गरेको छ। यस अवधिमा बैंकले ग्राहकतर्फ २ खर्ब ३९ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थातर्फ ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले कर्जा-निक्षेप अनुपात कायम गर्नका लागि एक वर्षको समय दिएको थियो। गत वर्षभर अधिकांश बैंक वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षबाट ९० प्रतिशत कर्जा निक्षेप अनुपात कायम नगर्ने बैंकलाई राष्ट्र बैंकले जरिमाना गराउन थालेको छ। चालु आर्थिक वर्षको भदौ महिनामा समेत निक्षेपको ९० प्रतिशतभन्दा कर्जा प्रवाह गरेको भन्दै हिमालयन बैंकलाई राष्ट्र बैंकले ७१ लाख ७२ हजार रुपैयाँ जरिमाना तिराएको छ।

हिमालयन बैंकसँगै नबिलले बैंक ६ करोड ४६ लाख, ग्लोबल आइएमई बैंकले ४ करोड ४२ लाख रुपैयाँ, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडलाई १८ लाख ५९ हजार, तत्कालीन सेन्चुरी बैंकलाई २ करोड, कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ जरिमाना गराएको हो। बैंकहरुले प्रत्येक महिना कर्जा प्रवाह र निक्षेप संकलनको प्रतिवेदन राष्ट्र बैंकलाई बुझाउनु पर्ने व्यवस्था छ।

प्रकाशित: २०८० बैशाख १० गते आईतबार ०८:३८
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना