२०८३ कार्तिक १३ गते बिहिबार

बेलायतमा नेपाली कन्सर्ट हुँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख १९
duru

काठमाडौँ- मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ। यही वैशाख २३ गते बेलायतको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबको हलमा आयोजना हुने कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका छन्।

मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए। विगतमा पनि आश्रमद्वारा बेलायतमा आमा सेमिनारलगायत मानवता प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भइसकेका अधिकारीको भनाइ छ। यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो।

‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा सहभागी हुन मानिसहरुको आकर्षण बढ्दै गएको मानवसेवा आश्रम युके च्याप्टरका पदाधिकारीहरुले जानकारी दिएका छन्। कन्सर्ट कार्यक्रममा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको पनि मानवसेवा आश्रम युके च्याप्टरका सचिव यादव श्रेष्ठले बताए।

कन्सर्ट र मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट संकलन गरिने रकम घरबार र परिवारविहीनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीले बताए। कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ।

बुद्ध फाउन्डेसन युके, बुद्धिस्ट गुम्बा रिडिङ युके, द बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके, तमुधिं एसोसिएसन युके, पासा पुच गुठी युके, क्षेत्री समाज युके, क्याट युके, ग्रेटर रिडिङ नेप्लिज कम्युनिटी युके, नेपाली भिलेज, पोखरेली मञ्च युके र मगर एसोसिएसन युके कार्यक्रमको सहआयोजक रहेका छन्।

बेलायतमा गुञ्जयमान हुने कन्सर्ट नितान्त नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्‍याउने मनसायले आयोजना गर्न लागिएको मानवसेवा आश्रम युके च्यापटरका संयोजक सुनिलबाबु खड्काको तर्क छ।

संसारभरका मानिसलाई संगीतको आनन्द दिएर कमाएको पारिश्रमिक आनी छोइङले सामाजिक सेवा, परोपकार र धार्मिक कार्यमा खर्चिदै आएका छन्। गत वर्ष आनी छोइङ डोल्मा फाउन्डेसनको आर्थिक सहयोगमा मानवसेवा आश्रमले सहयोगापेक्षीहरूको डेढ महिने राष्ट्रिय उद्धार यात्रा आयोजना गरी तीन सय ४ जनाको उद्धार गरेको थियो। बेलायत यात्राले नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ।

मानवीय कार्यमा सहकार्य गर्नको लागि आगामी जेठ ६ गतेसम्म बेलायतका विभिन्न सहरमा मानवता प्रवर्द्धनलगायत ‘मिट र ग्रिट’ कार्यक्रम आयोजना गरिने र कार्यक्रममा बेलायतवासी नेपालीलाई सहभागी हुन र सहकार्य गर्न आह्वान गरिएको युके च्यापटरका संयोजक राजु आर्चाय र विक्रम भट्टराईले बताए।

प्रकाशित: २०८१ बैशाख १९ गते बुधबार ०६:३९
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना