काठमाडौँ- गायक रवि ओडले इलाका प्रहरी कार्यालय झलारी कंचनपुरमा आत्मसमर्पण गरेका छन्।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गत २० चैतमा उनी विरुद्ध उनकी श्रीमतीले उजुरी हालेकी थिइन्।
उजुरीसँगै रविविरुद्ध पक्राउपुर्जी जारी भएको थियो।
सो समयमा उनी साङ्गीतिक कार्यक्रमको सिलसिलामा नेपाल बाहिर थिए।
जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गरेर सो मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
रवि नेपाल आइडल सिजन २ का विजेता गायक हुन्।


