काठमाडौँ– भारतीय गायक राघव नेपालमा प्रस्तुति दिने भएका छन्।
आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौँको सोल्टी क्राउन प्लाजामा प्रस्तुति दिने भएका हुन्।
बेलुका ८ बजे सुरु हुने कार्यक्रममा उनले ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु गाउनेछन्।
नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो।
रु २५०० सयमा कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ।


