२०८३ कार्तिक १३ गते बिहिबार

‘पुजार सार्की’का ५ कारण जसले दर्शकलाई हलसम्म तान्न सक्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ४
pujar_sarki1

काठमाडौँ– दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म पुजार सार्की जेठ १० गतेदेखि नेपाली हलमा लाग्दैछ। फिल्ममा जातीय विभेदको मुद्दालाई उठाइएको र अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको कथानक रहेको वैशाख २५ मा सार्वजनिक ट्रेलरले संकेत गरेको छ।

कास्कीकोट गाउँमा खिचिएको यो सिनेमा विकास सुवेदीले लेखेका हुन्। दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पल शाहसहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारको अभिनय छ।

ट्रेलर कार्यक्रममा अभिनेता आर्यन सिग्देलले सबै कलाकारले आफ्नो काममा मेहनेत गरेकाले फिल्म सफल बन्ने बताए। अभिनेता प्रदीप खड्काले काम विभाजनका लागि जात तोकिएपनि कालान्तरमा उचनिचको रुपमा विभाजित भएको कुरा फिल्ममा रहेको बताए।

फिल्मको फर्स्ट लुक पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई प्रस्तुत गरिएको छ। किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। राउत र सुवेदीले यसअघि फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए।

ओएसआर डिजिटलमा १० दिनअघि अपलोड भएको फिल्मको ट्रेलरले झन्डै १८ लाख भ्युज पाएको छ। ४ मिनेट २१ सेकेन्डसम्म चल्ने ट्रेलरको भ्युजलाई आधार मान्दा पनि फिल्मले दर्शकमा उत्साह भरेको निर्देशक राउतको भनाइ छ।

‘पुजार सार्की’ ब्ल्कबस्टर हुने दाबी निर्माण पक्षले गरिरहेको छ। तर कसरी? निर्देशक राउत पाँच कारणले फिल्म सफल हुनेमा विश्वस्त सुनिन्छन्।

पहिलो कारण हो स्टारकास्ट। चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह एकसाथ देखिँदैछन्। नेपाली फिल्ममा कमै मात्र देख्न पाइने मल्टिस्टारर फिल्म बनेको पुजार सार्की। चलचित्रको ट्रेलर सार्वजनिक भएपछि मैतबहादुरको भूमिकामा देखिएका खड्काको चर्चा बढेको उनको दाबी छ।

पल शाह यो फिल्ममा क्रान्तिकारी भूमिकामा छन्। उनि पहिलो पटक यस प्रकारको भूमिकामा फिल्ममा देखिँदै छन्। उनका फ्यान लामो समयदेखि यो फिल्मको प्रतीक्षामा छन्।

अभिनेता आर्यन सिग्देलको पनि भूमिका बलियो भएको निर्देशक राउत बताउँछन्। आर्यनको करियरकै सफल फिल्म बन्नेमा विश्वस्त सुनिन्छन् राउत। नायिकाहरु अञ्जना बराइली र परीक्षा लिम्बूले ट्रेलरबाटै तारिफ बटुलिरहेको उनको भनाइ छ।

दोस्रो कारणबारे निर्माण पक्ष भन्छ- ट्रेलरले गजबको भ्युज पाइरहेको छ। प्रचारको सशक्त सामग्री ट्रेलरको भ्युजबाट दर्शक हल आइपुग्नेमा निर्माण पक्ष विश्वस्त सुनिन्छ।यो सामग्री तयार पार्दासम्म युट्युबमा मात्र १७ लाख ८० हजारभन्दा पटक ट्रेलर हेरिइसकिएको छ। ट्रेलरमा आएको प्रतिक्रियाले उत्साहित बनाएको निर्माण पक्षको भनाइ छ।

निर्माण पक्ष भन्छ- निर्देशक आफैँ पनि फिल्मको आकर्षणका एक पक्ष हुन्। राउतको अघिल्लो फिल्म ‘प्रकास’मा अभिनेता प्रदीप खड्कालाई फरक भूमिकामा उतारेका राउत सफल पनि भएका थिए। उनै राउतले ‘पुजार सार्की’लाई पनि निर्देशन गरेका हुन्। राउतले ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रसाद’ निर्देशन गरेका थिए। राउतले दर्शकलाई निराश नबनाउने विश्वासको चर्चा फिल्मी दुनियामा बेलाबेलामा भइहन्छ।

फिल्ममा समावेश हुने गीतले पनि फिल्मलाई उचाइमा पुर्‍याउन भूमिका खेल्छ। केकी अधिकारीको फिल्म बोक्सीको घरलाई सफल बनाउन समीक्षा अधिकारीको स्वरमा रहेको गीतले पनि भूमिका खेलेको थियो। पुजार सार्की चलचित्रका सार्वजनिक भैसकेका गीतहरु ‘दर्शन गरेँ’ र ‘रिमै’ पनि चर्चित भइसकेका छन्। ‘दर्शन गरें’ले युट्युबमा २२ लाख भ्युज कटाइसकेको छ। रिमैले १४ लाखभनुदा बढी भ्युज पाएको छ।

निर्माण पक्ष फिल्म चल्ने अर्को आधार देख्छ-कथा। विदेशी फिल्मबाट नक्कल उतारिएका कथाको बिगबिगी रहेको समयमापुजार सार्कीमा भने मौलिक कथा छ। ‘जीवनको विभिन्न व्यवधान र परिस्थिलाई चित्रण गरेको कथा छ। जातीय भेदभावले हाम्रो समाजका सबै तह र तप्काका व्यक्तिहरु प्रत्यक्ष प्रभावित हुनेछन्,’ निर्देशक राउत भन्छन्।

फिल्मले २०४६ सालदेखि हालसम्मका कतिपय यथार्थ दृश्य उतारेको उनको भनाइ छ।

प्रकाशित: २०८१ जेठ ४ गते शुक्रबार ०८:०५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना