२०८३ कार्तिक १३ गते बिहिबार

अव्यक्त प्रेमको मिठास बोल्ने ‘जारी’

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख १४
jaree1

काठमाडौँ- प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। वितरकका अनुसार यसले पहिलो सातामा सात करोड बढीको व्यापार गरेको छ। कवि उपेन्द्र सुब्बाले पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशनमा पाइला टेकेका छन्।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। ‘जारी’का निर्माता रामबाबु गुरुङ हुन्। लिम्बू संस्कृतिलाई आम दर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको छ।

चलचित्र पति नाम्साङ (दयाहाङ राई) र पत्नी हाङ्मा (मिरुना मगर) मै केन्द्रित छ। विसं २०५२ को परिवेशमा तयार पारिएको चलचित्र तत्कालीन समयको संस्कृति, भाषा र पहिरनको दस्तावेज बनेको छ। चलचित्र नाम्साङ र हाङ्माको झगडाको दृश्यबाट सुरू हुन्छ। बिहेको पाँच वर्ष बितिसक्दा निःसन्तान दम्पती हुनु नै उनीहरू बीच हुने कलहका कारण हो।

सन्तान नहुनुको कारक आफू बन्नु परेपछि हाङ्मा खुसी छैनन्। किनकी दोष उनले मात्र खेप्नुपरेको छ। त्यहीँ सिलसिलामा आफ्नो श्रीमान्लाई एकपटक ‘नामर्द’ भनेपछि झगडा उत्कर्षमा पुग्छ। हाङ्माले युप्पारुङ फालेर घर छोडेर माइत जान्छिन्। नाम्साङले हाङ्मालाई फर्काउन छरितोपन देखाउँदैनन्। त्यही क्रममा पालममा जितेर अर्कैले हाङ्मालाई पत्नी बनाउँछ।

हाङ्माको परिवारले जारी तिर्न नसकेपछि पूर्वपतिको घरमा गोठाला बन्न पुग्छिन्। पूर्वपत्नीलाई जारी तिर्न ल्याएपछि नाम्साङलाई प्रश्नसमेत तेर्सिन्छ। बेहुली बनेर स–सम्मान भित्रिएको घरमा हाङ्मा पस्न पाउदिनन्। उनी गोठमै बस्छिन् र आफ्नो काम गर्छिन्। त्यही क्रममा नाम्साङलाई अर्को विवाहका लागि उनका बुबा सुब्बाले कर गर्छन्। केटी खोज्न केही गाउँमा नाम्साङसँगै उनका साथीहरू पनि पुग्छन्। तर श्रीमती छाडेको भनेपछि सहज हुँदैन। पालम गाउन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन्। त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन्। उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन्।

जारी तिर्ने रकम नहुँदा घर फर्काउन सम्भव हुँदैन। एकदिन नाम्साङको आमाको देहान्त हुन्छ। एक वर्षलाई शुभकार्य रोकिन्छ। त्यसपछि बुढासुब्बा र नाम्साङको सहारा बन्छिन् हाङ्मा। के नाम्साङले दोस्रो विवाह गर्छन् ? जारी तिरेर हाङ्मा आफ्नै घर फर्किन्छिन् ? हाङ्मालाई पालममा जितेका श्रीमान्ले के गर्छन् ? यी यस्तै जिज्ञासा मेट्न चलचित्र भवन नै पुग्नुपर्छ। यसको मीठो जवाफ निर्देशक सुब्बाले चलचित्रमा दिएका छन्।

पालम गाउन नआउने नाम्साङले मेलाबाट पनि जोडी पाउदैनन्। त्यस दौरान नाम्साङको आमा बिरामी हुन्छिन्। उनको स्याहारसँगै घरेलु काममा व्यस्त हाङ्मालाई आफ्नै घर फर्काउने प्रयास उनका भाइले गरिरहेका हुन्छन्।

निर्देशक सुब्बाले लेखनकै क्रममा आफ्नो संस्कृतिलाई सरल ढङ्गले कोरेका छन्। व्यावसायिक बनाउन अनावश्यक मसलाको प्रयोग गरिएको छैन। अर्थात् विशुद्ध अर्गानिक छ ‘जारी’। कथामा मौलिकता छ। चलचित्रको पहिलो दृश्यमै पटकथाकारसमेत रहेका निर्देशक सुब्बाले द्वन्द्व स्थापित गर्न सफल हुनुभएको छ। त्यसलाई अगाडि बढाउन उहाँले फाल्तु दृश्यलाई जोड्नु भएको छैन। कथा सुरुदेखि नै द्रुत गतिमा अगाडि बढेको छ। नाम्साङ खराब होइनन् तर उनको रिस सही छैन। हाङ््मा पनि उस्तै छिन्। निर्देशक सुब्बाले दुईबीचको अव्यक्त प्रेमलाई दृश्यमार्फत स्थापित गरेका छन्।

पहिलो दृश्यपछि दुवै बोल्दैनन्। तर उनीहरू बीचको प्रेमलाई दर्शकले पर्दा बाहिर पनि महसुस गर्छन्। उनीहरूको अनुहारमा झल्किने प्रेम लुक्दैन। तर व्यक्त पनि हुँदैन। उनीहरू बीच संवाद कसरी होला ? भन्ने दर्शकको जिज्ञासा सरलरूपमै निर्देशकले मेटाएका छन्। यो उनको सरलतासँगै दृश्य भाषाको ज्ञानका कारण सम्भव भएको हो। यस्ता थुप्रै दृश्य छन्, ती दृश्यले सोझै दर्शकसँग संवाद गर्छन्।

पर्दामा देखिने पात्रको सुख र दुःखसँगै दर्शकलाई यात्रा गराउन सक्नु नै निर्देशकीय सशक्ता हो। निर्देशक सुब्बाले लेख्नका क्रममा ठूला संवादको प्रयोग नगरेर नै लिम्बू लबज र मिठास भर्न सफल हुनुभएको छ। चलचित्र हेरिरहँदा देखिने दृश्य र प्रयोग हुने ध्वनिले आनन्द दिन्छ। गीतले कथालाई अगाडि बढाउँछ। त्यो मनोरञ्जनका लागि मात्र रखिएको छैन। कथालाई लयमा बगाउन झुमा लिम्बू र गङ्गा थापाको स त तारिफ गर्न लायक छ।

कलाकारको अभिनय यो फिल्मको अर्को अब्बल पक्ष हो। अभिनेता राईले नाम्साङ पात्रलाई जीवन्त बनाउनु भएको छ। पहिलो दृश्यमा उहाँले देखिएको रिस धेरै समयसम्म कायम रहन्छ। यस्तै अभिनेत्री मगर चलचित्रमा शालीन देखिएकी छिन्। उनले प्रतिकार गर्दिनन् तर उनको सहनशीलताले दर्शकको मन चसक्क बनाउँछ। अभिनेता विजय बरालले मङ्गल सिंहको पात्रमार्फत बाहुन र लिम्बू दम्पतीबाट जन्मिएको सन्तानको सामाजिक परिवेश झल्काउन सफल हुनुभएको छ। काव्यिक चलचित्रको सङ्ज्ञा पाएको ‘जारी’ मा जनजाति महिलाको विद्रोहको फरक आयाम पस्कने प्रयास गरिएको छ।

नेपाल जातजाति, भाषा, संस्कार–संस्कृति र सामाजिक परिवेशका लागि धनी छ भन्ने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको छ। निर्देशक सुब्बाले लिम्बू जातिको संस्कार–संस्कृतिलाई समयसँगै सकुशल वर्तमान युगमा अवतरण गराउन सफल हुनुभएको छ। यद्यपी कमीकमजोरी नै नभएको चलचित्र भने होइन्। विविध कमजोरीका बाबजुद यो राम्रो पक्ष धेरै भएको चलचित्र हो। विशेषत पहिलो हाफमा यसलाई छोट्याउने ठाउँ छ। तर निर्देशक सुब्बाले त्यसमा जाँगर चलाएका छैनन्। कथामा नाम्साङ र हाङ्माको परिवारलाई देखाउँदा उनीहरूसँगै जोडिने समाज र समयकाललाई दृश्यमार्फत स्थापित गर्न निर्देशक सुब्बा चुकेका छन्।

यद्यपि, यो चलचित्रले कलात्मक र व्यावसायिक दुवै मनपराउने दर्शकलाई चलचित्र भवनसम्म ल्याउने ल्याकत देखाइसकेको छ। मसालेदार र कलात्मक भनेर विभाजित हुने दर्शक चलचित्र हेर्नसँगै देखिएका छन्। यो निर्माता, निर्देशक र कलाकारको ठूलो सफलता हो। कालोपोथी, सेतो सूर्य र ऐना झ्यालको पुतलीले प्रदर्शनका लागि गर्नुपरेको सङ्घर्ष ‘जारी’ ले सोच्नै परे। यसले कलात्मक चलचित्रको व्यावसायिक पक्षको सबलतालाई समेत प्रमणित गरेको छ। यो चलचित्रको महत्व वर्तमान समयभन्दा पनि भविष्यमा धेरै हुनेछ।

‘कबड्डी’ शृङ्खलाका निर्देशक रामबाबु गुरुङ निर्माता रहेको यस चलचित्रमा अभिनेता राईसँगै अभिनेत्री मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङलगायतका कलाकाकरको अभिनय रहेको छ। कार्यकारी निर्माता मणिराम पोखरेल रहनुभएको चलचित्रलाई स्टेसन फाइभले वितरण गरेको हो।

प्रकाशित: २०८० बैशाख १४ गते बिहिबार १२:५२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना