२०८३ कार्तिक १३ गते बिहिबार

‘बुद्ध र कमल’ चित्रकला प्रदर्शनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ११
buddh r kalam

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी सुरु भएको छ। बुद्ध जयन्तीको अवसर पारेर बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा स्थानीय १३ जना कलाकारका १३ वटा तस्वीर राखिएका छन्।

अहिंसा र सत्यको बाटोमा लाग्नुपर्छ भन्ने सन्देश दिने तस्वीर प्रदर्शनीमा राखिएका गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले बताए। संस्कृति र कलाको उत्थान नभएसम्म राष्ट्रको उन्नति हुन नसक्ने भन्दै उनले प्राचीन कलाले नेपाललाई चिनाएको बताए। उनले काठमाडौँमा हुने कला सिर्जना र काठमाडौँ बाहिर हुने कला सिर्जनाको गुणस्तरमा भिन्नता नभए पनि काठमाडौँ बाहिर रहेका कलाकार र चित्रकला प्रदर्शनीबारे आमसञ्चारका माध्यमले कम महत्व दिने गरेका गुनासो गरे।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव कलाकार भीम शर्माले संस्कृति, कला र प्राकृतिक सम्पदाबाट ठाउँ चिनाउन सकिने बताए। “हामीले कोरेका चित्र हेर्ने मान्छे कम हुँदा तथा चित्रबारे प्रतिक्रिया नआउँदा हामीमा उत्साह थपिँदैन”, उनले भने, “प्रदर्शनीमा राखिएका चित्र बिक्री पनि हुँदैनन् र कलाकारको ऊर्जा घट्छ।”

मोफसलमा कलाका पारखीको कमी रहेको कलाकार बताउँछन्। प्रदर्शनीको सन्दर्भमा आयोजित कला संवादका क्रममा साहित्यकार एवं समीक्षक उदय अधिकारीले साहित्यकार सरिता तिवारी, कलाकार प्रकाश थापा र पत्रकार रमेशकुमार पौडेलसँग कलासम्बन्धी विविध विषयमा संवाद गरेका थिए। संवादका क्रममा पत्रकार रमेशकुमार पौडेलले मोफसलमा हुने कलासम्बन्धी कार्यक्रमबारे पत्रकारलाई कम जानकारी हुने हुँदा सञ्चारमाध्यमबाट प्रचारप्रसार कम हुने गरेको बताए।

संवादकै क्रममा साहित्यकार सरिता तिवारीले कला महँगो हुँदा सबैको पहुँचमा पुग्न नसकेको बताए। स्थानीय सरकारको कलाकारलाई प्रवर्द्धन गर्ने कार्यक्रम नहुनु, कलाकारले समुदायसँग सहकार्य नगर्नाले चित्रकलाप्रति मान्छेको रुचि नबढेको बताए।

प्रदर्शनीमा राखिएका चित्रमा गौतमबुद्ध र कमलको सम्बन्धलाई देखाइएको छ। प्रदर्शनीमा कलाकार गोविन्दराज विनोदी, दामोदर (डी) बराल, प्रकाश थापा, बरुणबाबु घिमिरे, आकृति घिमिरे, भीम शर्मा, प्रमेश कँडेल, गोपाल तामाङ, सन्तोष श्रेष्ठ, नारायण सापकोटा, रामहरि श्रेष्ठ, सुलभ पौडेल र सुशील गुरुङका चित्र छन्। आगामी १० दिनसम्म जारी रहने प्रदर्शनीका तस्वीर खरिद गर्न सकिनेछ।

गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा ‘हामी कलाकार’ नामको संस्थाको पनि साझेदारी छ।

प्रकाशित: २०८१ जेठ ११ गते शुक्रबार ०९:४८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना