काठमाडौं- नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको बोर्ड सञ्चालक समितिले १६ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने तयारी स्वरूप आशयपत्र (एलओआई) दिए हो।
ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये यो पहिलो चरणमा दिइएको एलओआई हो। थप एलओआई पनि जारी गर्न सकिने बोर्डले जानकारी दिएको छ। ‘पहिलो चरणमा १६ कम्पनीलाई आशयपत्र दिने निर्णय भएको हो। चरणबद्ध रूपमा बोर्डले काम अघि बढाएको छ,’ बोर्ड प्रवक्ता मुक्तिबाबु श्रेष्ठले भने।
बोर्डले ७ वटा संस्थागत र ९ वटा व्यक्तिगत लगानीका कम्पनीलाई आशयपत्र दिएको हो। नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी(स्टक डिलर)को लागि एलओआई पाएको छ। त्यस्तै मेघा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको छ। ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्स माग्दै बोर्डमा आवेदन दिएका थिए।
यी कम्पनीले पाए आशयपत्र



