काठमाडौँ- गायिका सुमी पराजुलीको नयाँ गीत लुकामारी सार्वजनिक भएको छ।
सुमीको आधिकारिक युट्युब च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।
मीन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत छ।
दिपेश एसकेको कोरियोग्राफीमा बनेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्।
भिडियोमा पराजुलीको आफ्नै अभिनय छ।
गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन्।
गायिका पराजुलीले यसअघि ल्याएको गीत चुम्मा चपक्कैले महिलातर्फ सर्वोत्कृष्ट लोकपप गायन अवार्ड पाउन सफल भएको थियो।


