२०८३ कार्तिक १३ गते बिहिबार

सिम्ला फिल्म फेस्टिभलमा छानियो ‘चेसिङ दी ड्रिम’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
chasing_cover

काठमाडौँ- पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म चेसिङ दी ड्रिम भारतको इन्टरनेसनल फिल्म फेस्टिभल अफ सिम्लामा छनोट भएको छ। सो फिल्म फेस्टिभल हिमाञ्चल प्रदेशमा अगस्ट १४ देखि १६ सम्म तीन दिनको हुनेछ।

फेस्टिभल डाइरेक्टर पुस्पराज ठाकुरका अनुसार यसपालि हुन लागेको फिल्म फेस्टिभलको १० औं संस्करण हो।

यस संस्करणमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, इजिप्ट लगायत दर्जनौ देशका एक सय २३ देशबाटफिल्म, डकुमेन्ट्री तथा सर्ट फिल्म छनोट भएका छन्। फेस्टिभलमा सयौँ फिल्म तथा डकुमेन्ट्रीको आवेदन परेको थियो।

प्रदीपको यस डकुमेन्ट्रीमा लामो समय विदेशमा बसेर गाउँ फर्केका लाक्पा ढन्डुल लामाको कथा समेटिएको छ। उत्तरी गोरखाको चुमनुप्री गाउँपालिकाको नामरुङ गाउँका लाक्पा सानै उमेरमा अवरसरको खोजीमा काठमाडौं आएका थिए।

केही वर्ष काठमाडौंमा बसेर उनी समुद्रपार व्यापारको सिलसिलामा सिंगापुर पुगे। झन्डै १७ वर्ष त्यही बिताए। सिंगापुरलाई आधार बनाएर काम थालेका लाक्पालाई कामको सिलसिलामा ५० भन्दा बढी देशमा पुग्ने अवसर मिल्यो। केही नगद कमाए पनि।

डकुमेन्ट्रीमा देखाए अनुसार लाक्पा दुई दशक पछि गाउँ फर्कन्छन्। गाउँको दुःख देखेर उनी विदेश नफर्कने निस्कर्षमा पुग्छन्। २७ दिन लामो समय गाउँघरको अध्ययन भ्रमणमा बिताउँछन्। गाउँको दुरा अवस्था देखेर उनी बिदेश नजाने निस्कर्षमा पुग्छन्। गोरखाको उत्तरी क्षेत्रको पर्यटन विकासमा लाग्ने प्रण गर्छन्। मनास्लु क्षेत्रको पर्यटन प्रवर्धनमा लाग्छन्।

उनी बिदेशमा भएको बेला त्यस भेगको प्रसिद्ध तीर्थस्थल सेराङ गुम्बाका लामाको निधन भएको हुन्छ। लाक्पा फर्केको केही समयपछि लामा गुरु पुनःजन्म लिएर आफ्नै पुरानो गुम्बामा फर्कन्छन्। हजारौं गाउँलेहरु लामाको स्वागतमा सेराङ गुम्वा पुग्छन्। लामाको आगमनले गाउँमा उत्साह उमङ्ग दिन्छ। गुम्बामा पुगेर लामाको दर्शन गरेपछि लाक्पा पनि गाउँमै बसेर केही नयाँ काम गर्ने अठोट लिन्छन्। डकुमेन्ट्रीको कथा यसरी नै अगाडि बढ्छ।

लाक्पाले गाउँको संस्कार, संस्कृति संरक्षण अभियान चलाउँछन्। आफू जन्मेको गाउँमा हिमाली संग्राहलय निर्माणको थालनी गरेका छन्। यसका लागि १७ हजार भन्दा बढी परम्परागत सामान संकलन गरेका छन्। मौलिकता झल्कने गरी बनाइएको नुप्री फोर सिजन रिसोर्ट संचालनमा आएको छ। विश्वप्रख्यात मनास्लु पदमार्गमा (लार्के पास) को रुटमा पर्ने यो रिसोर्ट गोरखाको नमूना हो। यहाँ पुग्ने पाहुनाले हिमाली कला, सभ्याता, जीवनशैली र संस्कृतिको स्वाद चाख्न पाउँछन्।

हिमालयमा बढ्दो जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न तीन सय रोपनी जग्गामा स्याउका बिरुवा लगाएर बृक्षरोपण अभियान चलाएका छन्। गाउँलेहरुलाई पनि स्याउ लगाउन प्रोत्साहन गर्छन्। अहिले नामरुङ गाउँमा स्याउ फल्न थालेको छ। उनको स्याउबारी पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

यहाँ स्याउको ब्रान्डीदेखि बिभिन्न परिकार उत्पादन हुन थालेको छ। दर्जनौं मानिसले रोजगारी पनि पाएका छन्। उनको यस वृक्षरोपण अभियानले उजाड बन्दै गएको गाउँमा हरियाली मात्र बनाएको छैन। गाउँमै बसेर नगद आर्जन गर्न सकिन्छ भन्ने शन्देस दिएको छ। चेसिङ दी ड्रिममा लाक्पाका यस्तै कथाहरु समेटिएका छन्।

निर्देशक प्रदीपको इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको यो १२ औं डकुमेन्ट्री हो। उनले निर्देशन गरेको पहिलो डकुमेन्ट्री इन गर्डस् हार्ट ल्याण्ड सन् २००९ मा काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ) मा वर्ल्ड प्रिमियर भएको थियो। सोही फेस्टिभलमा स्नो–लेपर्ड स्काउट २०१४ मा छनोट भएको थियो।

२०१५ मा उनको राइजिङ फर इपिसेन्टरले अवार्ड जितेको थियो। उनको अ सङ फर बारपाकले सन् २०१६ को वेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड हात पारेको थियो। सो डकुमेन्ट्री सन् २०१७ मा कोरियाको विश्वप्रसिद्ध डकुमेन्ट्री फिल्म फेस्टिभल डिएमजेडमा छनोट भएको थियो। यसबाहेक उनका दर्जनौ फिल्म युरोप र एशियाका दर्जनौ फिल्म फेस्टिभलमा छनोट भएका छन्। उनका डकुमेन्ट्रीले दर्जनौं इन्टरनेसनल अवार्डसमेत जितेका छन्।

प्रकाशित: २०८१ साउन २६ गते शनिवार ०४:३५
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना