काठमाडौं- सूर्या र बबी देओलको मुख्य भूमिका रहेको फिल्म ‘कंगुवा’को ट्रेलर सार्वजनिक भएको छ। शिवाले निर्देशन गरेको फिल्मको ट्रेलर सारेगम तामिल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।
सार्वजनिक ट्रेलरमा सुर्या र बबी देओलको भिडन्त देख्न सकिन्छ। बबी देओललाई खुंखार भिलेन अवतारमा देखाइएको छ। फिल्ममा उनी अबरार पात्रको भूमिकामा देखिनेछन्। उनको १५ देखि २० मिनेटको भूमिका रहेको बताइएको छ।
फल्ममा दिशा पाटनी, योगी बाबू, प्रकाश राज, जगपति बाबुको मुख्य भूमिका छ। यो फिल्म ३८ भाषामा अक्टोबर १० देखि प्रदर्शन गरिने छ।


