काठमाडौँ– फिल्म ‘के घर के डेराः घर नम्बर २’ आगामी माघ ११ गते प्रदर्शन हुने भएको छ। साउन २५ गतेबाट छायाँकनमा गएको उक्त फिल्म ११ महिनामै खिचिसक्ने निर्माण पक्षले जनाएको छ।
दीपेन्द्र के खनालको निर्देशन रहेको यस फिल्मलाई आख्यानकार बुद्धिसागरले लेखेका छन्।
फिल्ममा फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारको अभिनय छ।


